मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा

अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा


अमेरिका – अमेरिकामा कोरोना भाइरसको हाहाकार बढ्दै गएको छ । सिनेटरदेखि बालबालिकासम्म यसवाट प्रभावित भएका छन् । संसारकै राजधानी मानिने न्यूयोर्क सबैभन्दा बढी प्रभावित भएको छ ।
 
केन्टेकीका सिनेटर रेन पाउल कोरोना भाइरसवाट संक्रमित भएको पुष्टि भएको छ । कोरोना भाइरसबाट प्रभावित हुने उनी पहिलो सिनेटर हुन् । यसबाहेक केही सिनेटर र कंग्रेसम्यानले पनि सावधानी अपनाउँदै आइसोलेशनमा वसेका छन् ।
 
एटलाण्टा अस्पतालमा एक १२ बर्षिय बालिका कोरोना भाइरस संक्रमित भएपछि भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । उनी जीवनसंग सघर्ष गरिरहेकी छिन् ।
 
अमेरिकामा संक्रमितको संख्या झण्डै ४० हजार नजिक पुग्न थालेको छ । मृत्यु हनेको संख्या करिव तीनसय हाराहारीमा पुग्न लागेको छ । छिन छिनको यो संख्या बढीरहेको छ । कहां कतिवेला कसलाई संक्रमण हुन्छ भन्ने त्रास छ ।
 
वालमार्ट जस्ता पसलमा ह्याण्ड सेनिटाइजर, पेपर टावल लगायतका बस्तुको अभाव छ ।
 
सबैभन्दा वढी संक्रमित न्यूयोर्कमा भेटिएका छन् । त्यहाँ संक्रमितको संख्या करिब २० हजार पुगेको बताईको छ । मृत्यु हुनेको संख्या करिव १५० पुगेको छ । समाान्य समयमा सधै भीडभाड हुने न्यूयोर्कका कतिपय स्थान सुनसान छन् । तर, पनि मानिसहरुको हिड्न भने रोकिएको छैन ।
 
नेपाली समुदायमा कोरोना भाइरस संक्रमण भएको जानकारी प्राप्त भएको छैन । तर, स्वास्थ्य सम्वन्धि विवरण गोप्य हुने भएकाले सार्वजनिक नभएको पनि हुनसक्छ । नेपाली समुदायको ठुलो बस्ती रहेको स्थानमा कोरोना भाइरस संक्रमित भने बढीरहेका छन् । नेपालीहरु स्टोर लगायत कतिपय स्थानमा काम गर्ने भएकाले उच्च जोखिममा छन् ।
 
नेपाली र भुटानी गरेर करिब ५ लाख नेपाली समुदाय यहाँ बस्दै आएका छन् ।
 
सकेसम्म घरबाहिर नरहनु अर्थात घरभित्रै बस्नु कोरोना रोकथामको औषधी हो । अत्यावश्यक अवस्था बाहेक घर बाहिर नजाने, भेटघाट कम गर्ने लगायतका सवाधानी अपनाउँदा संक्रमणको जोमिख कम गर्न सकिन्छ ।