मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय

भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय


काठमाडौँ – सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को  बैठकले यो निर्णय गरेको हो ।
 
कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले केही दिनका लागि सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगायको हो।
 
नाका बन्द गरिएसंगै दुवैतर्फ सुरक्षाकर्मीहरुको संख्या समेत बढाइएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाकालाई केहि समयका लागि बन्द गर्ने निर्णय गरेको छ ।
 
त्यस्तै काठमाडौं उपत्यकामा भने ३ वटै जिल्लामा सार्वजनिक यातायातमा चल्न पाउनेछन्।
 
कोभिड १९ को महामारीका रोकथामका लागिचिकित्साकर्मीले उपयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण, मास्क, थर्मोमिटर, भेन्टिलेटर, मनिटरलगायत सामग्री किन्‍न५० करोडको केन्द्रीय कोष खडा गर्ने निर्णय भएको छ ।
 
साथै मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो । कोरोनाविरुद्ध ५० करोडको केन्द्रीय कोष गठन, मन्त्रीहरुले दिए एक महिनाको तलब