मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाबाट कोरोना भाइरसको भ्रामक भिडियो बनाउने नेपाली युबक सामाजिक संजालमा भाइरल

अमेरिकाबाट कोरोना भाइरसको भ्रामक भिडियो बनाउने नेपाली युबक सामाजिक संजालमा भाइरल


अमेरिका – अमेरिकाको टेक्सस राज्य स्थित अर्भिङमा बस्ने एक नेपाली युवक नयन राज पाण्डेले  कोरोना भाइरसको नाममा ,गलत र भ्रामक  भिडियो यतिखेर सामाजिक संजालमा भाइरल बनेको छ  उक्त भिडियोले गर्दा उनि विवादमा तानिएका छन् । पाण्डेले टिक टक भिडियो मार्फत काठमाडौंको टेकु अस्पतालमा कोरोनाबाट मान्छे मरेको लास देखेको भन्दै आधारहिन भिडियो बनाएका थिए । 
 
यस्तो परिस्थिमा समाजमा असर पर्ने र नेपालमा कोरोनाको सङ्क्रमण देखिएको र केहीको मृत्युसमेत भएको भनी उनले भ्रामक श्रव्य सामग्री (भिडियो) रेकर्ड गरेर सामाजिक सञ्जालमा राखेका थिए ।
 
येसरिनै सामाजिक संजालमा भ्रामक श्रव्य सामग्री (अडियो) बनाई सामाजिक सञ्जालमा राख्ने अर्का युबकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई पक्राउ गरिएको  प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । 
 
थापा मगरलाई साइबर अपराधसँगै सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसुरमा  प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । मगरले विनादर्ता सञ्चालन भएको ‘झोर्ले न्युज डट कम’का सञ्चालन भएको बताइएको छ । 
 
अमेरिकामा पनि नेपाली समुदाय विच कोरोना भाइरसका वारेमा विभिन्न हल्ला चलिरहेका छन् । केही दिन अघि न्यूयोर्कमा एक जना नेपालीलाई कोरोना भाइरस लागेको हल्ला चलेको थियो । तर, ती नेपालीका आफन्तले पछि यो हल्ला सत्य नभएको र अन्य स्वास्थ्य समस्याले ती नेपाली अस्पताल गएको सार्वजनिक गरेका थिए ।
 
समाजमा असर पर्ने यस्तो कुराहरु नगर्नको लागि समाजकका अगुवाहरुको आब्हान छ । आधारहिन समाचार ,भिडियो लगाएतका सामग्रीहरुको विश्वास नगर्न नेपाल सरकारले पटक पटक सूचना जारी गरिसकेको छ I
 
तस्बिर : नयन राज पाण्डेको सामाजिक संजाल