मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना अपडेट : १८६ देश प्रभावित, ११ हजार ९८० जनाको मृत्यु, इटालीमा मात्रै ज्यान गुमाउने ४०३२ पुगे

कोरोना अपडेट : १८६ देश प्रभावित, ११ हजार ९८० जनाको मृत्यु, इटालीमा मात्रै ज्यान गुमाउने ४०३२ पुगे


काठमाडौँ । चीनको वुहान सहरबाट फैलिएर विश्वका १८६ देशमा महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट शनिबार रातिसम्म ११ हजार ९७२ जनाको मृत्यु भएको छ ।     
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख ९० हजार ८१९ जनामा संक्रमण देखिएकोमा ९३ हजार ६४१ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख ८४ हजार ४३० जना संक्रमितको उपचार जारी छ । जसमध्ये ८११७ जनाको अवस्था जटिल रहेको छ । 
 
शनिबार रातिसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३२५५ पुगेको छ भने नयाँ संक्रमितको संख्या ४१ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ७ रहेको छ । चीनमा ८१ हजार ८ जना संक्रमित भएका छन् । 
 
चीनपछि इटालीमा ४०३२ जनाको ज्यान गएको छ । इटालीमा ४७ हजार २१ जना संक्रमित भएका छन् ।   
 
यस्तै, स्पेनमा २५ हजार ३७४ व्यक्ति संक्रमित छन् भने हालसम्म १३७८ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै ३८०३ पुगेको छ ।  स्पेनमा शनिबार एकै दिन २८५ जनाले ज्यान गुमाएका छन् । 
 
यस्तै, जर्मनीमा २१ हजार ६८२ संक्रमित छन् भने ७५ जनाको मृत्यु भएको छ । जर्मनीमा शुक्रबारमात्रै ४५२८ नयाँ संक्रमित थपिएका छन् भने शनिबार १८३४ थपिए । नयाँ मृत्यु हुनेको संख्या ७ पुगेको छ ।   
 
इरानमा २० हजार ६१० जना संक्रमित भएकोमा १५५६ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित ९६६ छन् । इरानमा शनिबार १२३ जनाले ज्यान गुमाएका छन् । 
 
अमेरिकामा २२ हजार १३२ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने २८२ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा शनिबार २६ जनाको ज्यान गएको छ भने २७४९ जना नयाँ संक्रमित थपिएका छन् । 
 
फ्रान्समा १२ हजार ६१२ जना प्रभावित रहेकोमा ४५० जनाले ज्यान गुमाएका छन् । नयाँ मृत्यु हुनेको संख्या ७८ पुगेको छ । 
 
दक्षिण कोरियामा ८७९९ जना कोरोनाबाट प्रभावित छन् भने १०२ जनाको मृत्यु भएको छ । नयाँ संक्रमित १४७ छन् भने शनिबार थप ८ जनाको मृत्यु भएको छ ।  
 
स्वीट्जरल्याण्डमा ६१८६ संक्रमित छन् भने ५८ जनाको ज्यान गएको छ । ५७१ नयाँ संक्रमित थपिएका छन् । शनिबार २ जनाको ज्यान गएको छ । 
 
यसैगरी, युकेमा ४०७२ व्यक्ति संक्रमित भएकोमा १७७ जनाको मृत्यु भएको छ । शनिबार ८९ बिरामी थपिएका छन् । नेदरल्याण्ड्समा ३६३१ संक्रमित भएकोमा १३६ जनाको मृत्यु भएको छ । जसमा शनिबार ३० जनाको मृत्यु भएको छ । ६३७ नयाँ संक्रमित थपिएका छन् ।
 
बेल्जियममा २८१५ संक्रमित भएकोमा ६७ जनाको मृत्यु भएको छ । जसमा शनिबारमात्रै ३० जनाको ज्यान गएको थियो । यस्तै, जापानमा १००७ संक्रमित छन् भने ३५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 
 
भाग्यवश, नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ । सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । {एजेन्सीहरुको सहयोगमा ।}