मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई कर छूट दिइने

कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई कर छूट दिइने


काठमाडौँ । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको जोखिमबारे जानकारी दिन आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले प्रभावित पर्यटन क्षेत्र र व्यवसायीहरुलाई करमा छूट दिने बताएका छन् । 
 
कोरोना भाइरसको जोखिमका कारण हवाई, यातायात, होटेल व्यवसाय, ट्राभल र ट्रकिङ तथा हस्तकलाजस्ता क्षेत्र बढी प्रभावित भएको 
 
जनाउँदै उनले जोखिमबाट मुक्तिपछि छिमेकी मुलुकबाट अफसिजनमा पनि पर्यटक ल्याएर क्षतिपूर्ति गराउन गृहकार्य भइरहेको जानकारी दिए । 
 
उनले पर्यटन उद्योगमा ऋण सहयोग वा यसबीचको अवधिको कर छूट दिने विषयमा पनि गृहकार्य भइरहेको स्पष्ट गरे । 
 
मुलुकको कूल ग्राह्स्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशतमात्र भएकाले पर्यटन क्षेत्रमा देखिएको असरका कारण समग्र आर्थिक क्षेत्रमा ठूलो मात्रामा असर नपर्ने उनले स्पष्ट पारे । 
 
मन्त्री डा खतिवडाले भाइरसको जोखिममा मानिसको ज्यान बचाउनुपर्ने भएकाले विश्व श्रम बजारमा जान रोक लगाइएका नेपाली श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन आएमा रोजगारी दिनेसमेत बताए । 
 
उनले वैदेशिक रोजगारीबाट आउने विप्रेषणमा कमीका कारण तत्काल बैँकिङ क्षेत्रमा नकारात्मक असर नपर्ने पनि दाबी गरे ।