मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

मनकामना केबलकार चैत मसान्तसम्म बन्द हुने

मनकामना केबलकार चैत मसान्तसम्म बन्द हुने


चितवन । मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याइएको मनकामना केवलकार सेवा शनिबारदेखि बन्द हुने भएको छ । 
 
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणको सजगताका लागि सो सेवा बन्द हुने भएको हो । मनकामना दर्शन प्रालिले बिहीबार सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको छ । 
 
कम्पनीका नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार कोरोना भाइरस सङ्क्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पु¥याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो । 
 
अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ । कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने घटेका थिए ।
 
चितवनको इच्छाकामना–४ स्थित प्रवेशद्वार (बटम स्टेशन) रहेको मनकामना केवलकारबाट दैनिक तीन हजार ५०० को सङ्ख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् ।