मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोभिड–१९ को जोखिमले बागमती प्रदेशको अधिवेशन अन्त्य

कोभिड–१९ को जोखिमले बागमती प्रदेशको अधिवेशन अन्त्य


हेटौँडा । बाग्मती प्रदेशकोे प्रदेशसभाको ५औँ अधिवेशन आजबाट अन्त्य भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा ‘कोभिड–१९’ सङ्क्रमणको जोखिमको कारण देखाउँदै अधिवेशनको अन्त्य भएकोे हो । 
 
वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख विष्णु प्रसाईंले पठाएको पत्र पढेर हिँउँदे अधिवेशन अन्त्य भएको जानकारी दिए ।
 
यस अधिवेशन अवधिभर प्रदेशसभाले २५ वटा बैठक बसेर ७ वटा विधेयक एक अध्यादेश पारित गरेको सभामुख श्रेष्ठले बताए । २०७६ पुस–१ गतेदेखि शुरु भएको थियो ।
 
हिउँदे अधिवेशनको अन्तिम बैठकबाट आज दुईवटा विधेयक पारित भएका छन् । आज बसेको प्रदेशसभाको बैठकले प्रदेश युवापरिषद् गठन गर्ने व्यवस्था गर्न बनेको विधेयक, २०७६ र स्थानीय तहको पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन गर्न बनेको विधेयक, २०७६ सर्वसम्मतिले पारित भएको हो ।