मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाको महामारीबाट १७६ देश प्रभावित, ९३१० जनाको मृत्यु

कोरोनाको महामारीबाट १७६ देश प्रभावित, ९३१० जनाको मृत्यु


काठमाडौँ । चीनको वुहान सहरबाट फैलिएर विश्वका १७६ देशमा महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट बिहीबार बेलुकी आठ बजेसम्म ९३१० जनाको मृत्यु भएको छ ।
 
बिहीबार अर्थात् मार्च १९ मा इरानमा १४९, स्पेनमा १२९, नेदरल्याण्डस्मा १८, चीनमा आठ, जर्मनीमा आठ, दक्षिण कोरियामा सात, अमेरिकामा सात र इन्डोनेसियामा छ जनाको मृत्यु भएको हो । बिहीबारमात्रै नयाँ संक्रमितको संख्यामात्रै ८९७३ रहेको छ भने मृत्यु हुनेको संख्या ३६७ पुगेको छ ।    
 
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख २७ हजार ७६१ जनामा संक्रमण देखिएकोमा ८५ हजार ९८५ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख ३२ हजार ४६६ जना संक्रमितको उपचार जारी छ । जसमध्ये ६९४१ जनाको अवस्था जटिल रहेको छ । 
 
बिहीबार बेलुकीसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २४५ पुगेको छ भने नयाँ संक्रमितको संख्या ३४ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ८ रहेको छ । 
 
चीनपछि इटालीमा २९७८ जनाको ज्यान गएको छ । इटालीमा ३५ हजार ७१३ जना संक्रमित भएका छन् । इरान १८ हजार ४०७ जना संक्रमित भएकोमा १२८४ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १०४६ छन् । इरानमा बुधबार १४७ र बिहीबार १४९ जनाले ज्यान गुमाएका छन् । इरानमा कोरोनाभाइरसको संक्रमणदर उच्च छ ।
 
यस्तै, स्पेनमा १७ हजार १४७ व्यक्ति संक्रमित छन् भने हालसम्म ७६७ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै २३७८ पुगेको छ । स्पेनमा बुधबार ९० जना र बिहीबार १२९ जनाले ज्यान गुमाएका छन् । इरानपछि तेस्रो संक्रमणदर उच्च भएको देशमा स्पेन सूचीकृत भएको छ । 
 
अमेरिकामा बिहीबारसम्म ९४८६ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने १५७ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा बिहीबार सात जनाको ज्यान गएको छ भने २१८ जना नयाँ संक्रमित थपिएका छन् । 
 
फ्रान्समा नौ हजार १३४ जना प्रभावित रहेकोमा २६४ जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा ८५६५ जना कोरोनाबाट प्रभावित छन् भने ९१ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा १३ हजार ६३२ संक्रमित छन् भने ३३ जनाको मृत्यु भएको छ । जर्मनीमा बिहीबारमात्रै १३०५ नयाँ संक्रमित थपिएका छन् ।   
 
यसैगरी, युकेमा २६२६ व्यक्ति संक्रमित भएकोमा १०८ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा २४६० संक्रमित भएकोमा ७६ जनाको मृत्यु भएको छ । जसमा बिहीबारमात्रै ४०९ नयाँ संक्रमित थपिएका छन् ।
 
स्वीट्जरल्याण्डमा ३९३९ संक्रमित छन् भने ३६ जनाको ज्यान गएको छ । बिहीबार ८२४ नयाँ संक्रमित थपिएका छन् । जापानमा ९२३ संक्रमित छन् भने ३२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भाग्यवश नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ । एजेन्सीहरुको सहयोगमा ।