मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

कोरोनाका बहानामा कालोबजारी गर्नेलाई नियन्त्रण गर्न माग

कोरोनाका बहानामा कालोबजारी गर्नेलाई नियन्त्रण गर्न माग


रुपन्देही । कोभिड–१९ का बहानामा कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको काम गरे निजी क्षेत्रका संघसंस्थाहरुले सघाउने प्रतिबद्धतासमेत जनाएका छन् ।
 
रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कारमा सरोकारवालाले बजारमा माक्स, खाद्यान्य तथा दैनिक उपभोग्य माल समानको कृत्रिम अभाव देखिएकाले यसको अनुगमन गर्न सरकारलाई आग्रह गरे ।  
 
स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले प्रदेशमा एक सय १९ आइसोलेशन वार्डको तयारी भएकाले कोरोनाबाट आतङ्कित हुने अवस्था नरहेको बताए । 
 
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले कोरोना नियन्त्रणका लागि सरकारले उचित तयारी गर्न गर्नुपर्ने बताए । बजारमा कोरोनाको बहानामा उपभोग्य सामग्रीको कृत्रिम अभाव देखिएको भन्दै उनले बजार अनुगमन गरी गलत काममा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरे ।
 
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले सिमाना खुला भएका कारण उच्च जोखिम हुने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए । अनावश्यक स्टक राखेर अभाव सृजना गर्न नहुने भन्दै उनले कृषिजन्य वस्तुमा समस्या नरहेको बताए । सरकार र निजी क्षेत्रबीच उचित समन्वय अवश्यक रहेको उनको भनाइ थियो । 
 
साक्षात्कारमा रुपन्देही व्यापार सङ्घका अध्यक्ष यमलाल लोहोनीले बजारमा देखिएको कालोबजारी नियन्त्रणका लागि सरकारलाई सघाउन तयार रहेको बताए । “सरकारले बजारलाई प्रभावकारीरुपमा अनुगमन गर्नतर्फ अघि बढ्नुपर्छ, हामी सहयोग गर्न तयार छौँ, सरकारले उपभोग्य वस्तु कति चाहिन्छ । अवस्था कस्तो छ, सरकारले वास्तविक अवस्थाको चित्रण गर्नुपर्छ”, उनले भने ।  
 
रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहोराले चीन र भारतबाट आउने कच्चापदार्थ सकिँदा उद्योगहरु बन्द हुने अवस्था आउने भएकाले स्वदेशी उत्पादनतर्फ अग्रसर हुनुपर्ने भन्दै उनले सरकारले उत्पादनका लागि उत्प्रेरणा दिनुपर्ने बताए । एक्कासि मागमा भएको वृद्धिले बजारमा माक्स अभाव देखिएको भन्दै यस्तो अवस्थामा कालोबजारी नगर्न व्यवसायीलाई आग्रह गरे ।