मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामाथिको श्रृङ्खलाबद्ध आक्रमण सह्य छैन : विदेशमन्त्री पोम्पेओ

अमेरिकामाथिको श्रृङ्खलाबद्ध आक्रमण सह्य छैन : विदेशमन्त्री पोम्पेओ


वासिङ्टन । इराकस्थित अमेरिकी सैनिक आधार शिविरमा श्रृङ्खलाबद्ध घातक रकेट आक्रमण भएकोप्रति अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सोमबार चासो व्यक्त गर्दै इराकलाई अमेरिकी नागरिकमाथिको कारबाही रोक्न आग्रह गरेका छन् । 
 
उनले अमेरिकाले इराकस्थित अमेरिकी सैन्य शिविरमा भएका आक्रमणको आवश्यक बदला लिने चेतावनी दिएका छन् ।
 
इराकी प्रधानमन्त्री अदेल अब्देल मेहदीसँग टेलिफोन वार्ता गर्दै पोम्पेओले भने, “हामीले अमेरिकी नागरिकको जीवनमाथिको आक्रमण र चेतावनीलाई सहन बाध्य हुने छैनौँ।” 
 
“इराकी सरकारले जिहादी समूहको आक्रमणबाट सुरक्षा र सहयोगका लागि त्यहाँ तैनाद अमेरिकी सैनिक गठबन्धनको रक्षार्थ सहकार्य गर्नुपर्छ,” अमेरिकी विदेश मन्त्रालयले वार्ताबारे जानकारी दिन सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।
 
बग्दादको उत्तरी क्षेत्रमा रहेका इराकी सैन्य शिविरमा विदेशी (अमेरिकी) सेना तैनाद गरिएको छ भने त्यहाँ इराकी विद्रोही समूहबाट निरन्तर श्रृङ्खलावद्ध आक्रमण प्रयास हुने गरेका छन् । 
 
गत साता भएका रकेट आक्रमणमा अमेरिकी सेनाका दुई सैनिकको मृत्यु भएको थियो भने त्यसपछि पनि आक्रमणको श्रृङ्खला नरोकिएको अमेरिकाको दाबी रहेको छ । एएफपी