एनआरएन विशेष

एमाजनबाट सामान किन्दा एनआरएनलाइ रकम

228 पटक पढिएको

- हिमालयखबर संबाददादा | 16th Mar 2020, Monday | २०७६ चैत्र ३, सोमबार ०४:५५
अमेरिका – एनआरएन अमेरिका स्माइल एमाजनमा अवद्ध भएको छ । यो अवद्धता पछि एमाजनबाट सामान खरिद गर्दा एनआरएन अमेरिकाले शून्य दशमलव ५ प्रतिशत प्राप्त गर्नेछ ।
 
एनआरएन अमेरिकाको अर्थिक स्रोत मजवुत बनाउन यस्तो अभियान सुरू भएको विज्ञप्तीमा जनाइएको छ । यसको लागि एनआरएन अमेरिकाको लागि छुट्याइएको अमेजन स्माइल साइटको लिंक प्रयोग गर्नुपर्ने हुन्छ । 
 
एनआरएन अमेरिकाले यसबाट संकलित रकमले सदस्यहरूको हितमा काम गर्ने जनाएको छ । यो लिंक प्रयोग गर्दा सामानको मूल्य नबढ्ने पनि जनाइएको छ ।