मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाका कारण नेजाको अधिवेशन स्थगित

कोरोनाका कारण नेजाको अधिवेशन स्थगित


न्यूयोर्क (अमेरिका)- नेपाल अमेरिका पत्रकार संघ (नेजा) को मे पहिलो साता हुन लागेको अधिवेशन कोरोना भाइरसका कारण स्थगित भएको छ । 
 
नेजाको आइतबार साँझ बसेको बैठकले अधिवेशनका सबै कार्यहरू स्थगित गरेको विज्ञप्तीमा जनाइएको छ । सातौ अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा आउँदो मे २ र ३ तारिक न्यूयोर्कमा गर्ने गरि सबै तयारीहरु तीब्र रुपमा अघि बढिरहेको तर विश्वभरि स्वास्थक्षेत्रमा फैलिएको महामारी कोरोना भाइरसले यतिखेर जनस्वास्थ, आर्थिक, सामाजीक क्षेत्रमा निकै ठूलो असर पारिरहेको कारण स्थगित गरिएको महासचिव किरण मरहठ्ठाद्वार जारी विज्ञप्तीमा उल्लेख छ । 
नेजा अमेरिका र क्यानडामा रहेका नेपालीमुलका पत्रकारहरूको संस्था हो । झण्डै डेढसय सदस्यहरू नेजामा सकृय छन् । 
 
विज्ञप्तीमा उल्लेख गरिएको छ–‘यही रोगसँग लड्नका लागि अमेरिकी सरकारले घोषणा गरेको स्वास्थक्षेत्रको संकटकाल, सभा सम्मेलनहरु नगर्न दिएको निर्देशनबाट पनि हामीहरु कोही पनि अनविज्ञ छैनौ । नेजाको अधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको अवस्थामा गत सातादेखिनै नेजाका सदस्यहरु, सल्लाहकार, सरोकारवाला सबैबाट स्थगित गर्न सामाजीक सञ्जाल, फोनबाट पटक पटक अनुरोध आइरहेको व्यहोरा पनि जानकारी गराउन चाहन्छौँ ।
 
यस्तो अवस्थामा अधिवेशन गर्नु वान्छनीय भए नभएको विषयमा परामर्शका लागि मार्च १५ तारिक बिहान सल्लाहकारहरु सम्मिलत बैठक र साँझ सम्पन्न कार्यसमितिको बैठकले ‘कोरोना प्रकोप नियन्त्रणमा नआएसम्म र सरकारले सभा सम्मेलन गर्न स्विकृती प्रदान नगरेसम्मका लागि स्थगित गर्ने’ निर्णय गरेको जानकारी गराउन चाहन्छौँ ।‘
 
नेजाका नयाँ सदस्यताको लागि दरखास्त दिने समय आजै साँझदेखि बन्द भएको छ । सदस्यता नवीकरण भने मार्च ३१ सम्म गर्न सकिने पनि जनाइएको छ ।