मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको केन्द्रिय बैंकले व्याददर शुन्यमा झार्यो

अमेरिकाको केन्द्रिय बैंकले व्याददर शुन्यमा झार्यो


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले आक्रमक नीति लिदैं व्याजदर शून्यमा झारेको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा पर्न थालेको प्रभावलाई कम गर्न आइतवार यस्तो आक्रमक नीति लिएको हो । यस अघि सन् २००८ मा आर्थिक मन्दी आएपछि फेडरल रिजर्भले यस्तो नीति लिएको थियो ।
 
फेडरल रिजर्भले व्याजदर कटौती गर्दा ऋण लिएर व्यवसाय गर्ने, घरजग्गा किन्ने लगायतलाई फाइदा हुन्छ । फेडरलले हाललाई व्याजदर शुन्य देखि शुन्य दशमलव २५ मा कायम गर्ने निर्णय गरेको हो । यो व्याजदर कटौतीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले सही कदम भन्दै प्रशंसा गरेका छन् ।
 
चीनवाट शुरु भएको कोराना भाइरसले गर्दा ३ महिना अवधिमा विश्व अर्थतन्त्रमा मन्दीको जोखिम वढेको छ । चीनमा कोरोना भाइरस नियन्त्रणमा आएको दावी गरिएपनि यो अहिले युरोप र अमेरिकामा वढीरहेको छ ।
 
अमेरिकामा केही दिन यता दैनिक ४ सयका दरले संक्रमितको संख्या वढेको छ । कुल संक्रमितको संख्या करिव ३ हजार १ सय पुगेको छ । यसका कारण ६० जना भन्दा वढीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण वढ्दै गएपछि अमेरिका भित्र पनि जनजीवन ठप्प हुदैं  गएको छ । स्कुल, जमघट, भेला सभा सम्मेलन, सिनेमा प्रर्दशन लगायत वन्द भएका छन् । अमेरिकाका मुख्य शहरमा मानिसको आवत जावत रोक्ने लाकडाउन गर्ने सम्मका उपाय लिन सक्ने संभावना देखिएको छ ।
 
मुख्य शहरमा भिडभाड कम हुदैं गएको छ । रेष्टुरेष्ट, होटल, एयरलाइन्समा ग्राहकको संख्या उच्चदरले कम भएको छ । कतिपय शहरमा रेष्टुरेष्टमा ग्राहक संख्या ५० प्रतिशत कटौती गर्न निर्देशन दिएका छन् । मुख्य शहरमा दुई साता यता कोठाको अकुपेन्सी दर ५० प्रतिशत भन्दा कम भएको छ ।
 
तर, रिटेलमा ग्राहकहरुको भिडभाड वढ्दा कतिपय अत्यावश्यक उपयोग्य वस्तु सकिएका छन् ।
 
कोरोना भाइरसले अमेरिका ठप्प हुदां नेपाली व्यवसायी पनि प्रभावित भएका छन् । रेष्टुरेष्ट, होटल, ब्यूटी सैलुन, स्टोर संचालन गरेका नेपालीको आम्दानी घट्ने देखिएको छ । तस्बिर: सामाजिक संजाल