मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

साताको शेयर बजार : कुल चार अर्ब ४२ करोडको कारोबार

साताको शेयर बजार : कुल चार अर्ब ४२ करोडको कारोबार


काठमाडौँ । धितोपत्र बजारमा यस साता तीन दिनमात्रै कारोबार भयो । तीन दिनमा बजार चर्को उतारचढावपूर्ण अवस्थामा रह्यो । लामो बिदापछि मङ्गलबार खुलेको बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएपछि नकारात्मक सर्किट नै लाग्यो । 
 
साताभर कूल १८२ कम्पनीको कुल एक करोड ४० लाख ४८ हजार ९११ कित्ता शेयर रु चार अर्ब ४२ करोड ७७ लाख ४३ हजार ८७२ मूल्यमा खरिद बिक्री भए । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको थियो ।  
 
नकारात्मक सर्किट लगाउनुपर्ने गरी ओरालो लागेको हो । गत बिहीबारपछि मंगलबार खुलेको बजारमा कारोबारको सुरुआतीदेखि नै ओरालोको यात्रा तय गरेको थियो । नेप्सेका अनुसार त्यस दिन नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । 
 
नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको थियो । सर्किट लाग्नुअघि कुल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर रु एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोबार भएको थियो ।
 
यस्तै, मंगलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा बुधबार भने नेप्से परिसूचकमा उच्च वृद्धि देखियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अंकले बढेर एक हजार ४२३.०९ मा पुगेको थियो । 
 
कुल १८० कम्पनीका ५६ लाख २६ हजार ८१२ कित्ता शेयर रु दुई अर्ब २२ करोड १० लाख ८१ हजार ६९० मा खरिद बिक्री भयो । 
 
साताको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घट्यो । त्यस दिन नेप्से ४५.९१ अंकले घटेर एक हजार ३७७.१८ मा पुगेको छ । 
 
कुल १८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर रु दुई अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ बराबरको कारोबार भए ।