मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जिते

कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जिते


काठमाडौं –  कमेडी च्याम्पियनको उपाधि हिमेश पन्तले जितेका छन् । शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् । 
 
कमेडी रियालिटी शो कमेडी च्याम्पियनको फाइनलमा हिमेशसँगै खड्ग पुन मगर र सुमन कोइराला पुगेका थिए ।  उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। 
 
हिमेशले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए।शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए।
 
विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए।