मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा

अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा


अमेरिका – राष्ट्रपति डोनाल्ड ट्रम्पले कोराना भाइरसका कारण अमेरिकामा राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।
 
शुक्रवार दिउसो ह्वाइट हाउसका निकट सहयोगी र देशका स्वास्थ्य र दैनिक प्रयोजनका वस्तु विक्री वितरण गर्ने निजी क्षेत्रका कम्पनीका प्रतिनिधिहरुका विच राष्ट्रिय आपतकाल घोषणा गरेका हुन् ।
 
 कोरोना भाइरसको संक्रमणवाट आएको स्वास्थ्य संकटलाई सम्वोधन गर्न सजिलो होस भन्ने उद्देश्यले राष्ट्रिय आपतकाल घोषणा गरिएको राष्ट्रपति ट्रम्पले वताएका छन् ।
 
उनले यो कोराना भाइरसको संकटको सम्वोधनका लागि ह्वाइट हाउस प्रशासन पुर्ण रुपमा तयार रहेको पनि दावी गरे । अस्पताल, परिक्षण समाग्री लगायत सवैको पर्याप्त व्यवस्था गरिएको पनि उनले दावी गरे ।
 
कोरोना भाइरस नियन्त्रणका लागि खोप र औषधी वनाउने प्रयास भईरहेको पनि उनले दावी गरे । यसका लागि विभिन्न नीति नियमलाई सरल वनाईएको राष्ट्रपति वताए । यसले कोरोना भाइरसको संकटलाई सम्वोधन सजिलो र छिटो हुन्छ ।
 
राष्ट्रपतिले विद्यार्थी ऋणमा सहुलियत दिने, कच्चा तेलको भण्डार वढाउने समेत घोषणा गरेका छन् । अमेरिकाका तेल उत्पादकलाई घट्ने मूल्यको प्रभाव कम गर्ने प्रयास स्वरुप यस्तो गरिएको हो । तर, यसले अमेरिकी तेल उत्पादकलाई कसरी वचाउंछ यो भने स्पष्ट छैन । प्रमुख तेल उत्पादक साउदी अरब र रसिया विचको तनाबले तेलको मूल्य घटिरहेको छ ।
 
ट्रम्पसंगै वालमार्ट, सिभिएस, वालग्रिन लगायतका विभिन्न निजी क्षेत्रका कम्पनीका प्रमुखहरुले पनि आफुहरु यो संकटलाई कम गर्न मिलेर जान तयार रहेको वताएका थिए