मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

युरोपका नागरिकलाई ३० दिन अमेरिकामा प्रतिवन्ध

युरोपका नागरिकलाई ३० दिन अमेरिकामा प्रतिवन्ध


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण वढ्दै गएपछि युरोपका नागरिकलाई यात्रा प्रतिवन्ध लगाएका छन् । यसमा बेलायतका नागरिकलाई भने वाहेक गरिएको छ ।
 
कोराना भाइरसको संक्रमण फैलिन नदिन शुक्रवार देखि ३० दिनका लागि यो प्रावधान लागु हुने छ ।
 
वुधवार टेलिभिजन सम्वोधनमा राष्ट्रपति ट्रम्पले कोराना भाइरस प्रभावितलाई विभिन्न आर्थिक र वित्तीय सहयोगको पनि घोषणा गरेका छन् । तर, ट्रम्पले अहिलको अवस्था आर्थिक संकट भने नभएको वताएका छन् । उनले कोराना भाइरसलाई सम्वोधनका लागि कांग्रेससंग ३० अर्ब अमेरिकी डलर मागेका छन् ।
 
अमेरिकामा कोरोना भाइरसको संक्रमण वढ्दो छ । बुधवार १२ सय भन्दा वढी संक्रमित भेटिएका छन् । यस मध्ये ३७ जनाको मृत्यु भएको छ । चर्चित कलाकार टम ह्यांक्सपनि कोरोनावाट प्रभावित भएका छन् । २३ राज्यले कोराना भाइरस संक्रमणकाल घोषणा गरेका छन् । यो भाइरसका कारण राष्ट्रपति ट्रक्मका कार्यक्रमपनि प्रभावित भएका छन् ।
 
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारी घोषणा गरेको गरेकै दिन राष्ट्रपति ट्रम्पले टेलिभिजन सम्वोधन गरेका हुन् । अमेरिकी नागरिकको सुरक्षाका लागि ह्वाइहाउसले जुनसुकै कदम चाल्न पनि तयार रहेको वताएका छन् । तस्बिर : सामाजिक संजाल