मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरस त्रासले अमेरिकामा दैनिक जनजिवनमा प्रभाव पार्न थाल्यो

कोरोना भाइरस त्रासले अमेरिकामा दैनिक जनजिवनमा प्रभाव पार्न थाल्यो


हिमालयखवर संवाददाता
अमेरिका – कोरोना भाइरसले अमेरिकाको दैनिक जनजिवनमा पनि असर पार्न थालेको छ । मुख्य शहरमा भिडभाड कम हुन थालेको छ । कयौं साना व्यापार व्यवसायमा पनि असर देखिएको छ । 
 
 यसवाट यहां वसोबास गर्ने नेपाली समुदायपनि प्रभावित हुन थालेको छन । केही प्रमुख शहरका बजारमा चामल लगायत अत्यावश्य वस्तु किन्न नेपालीको भिड वढेको छ । बजारमा अभाव हुन्छ कि भन्ने त्रासले नेपालीहरुले पनि दैनिक आवश्यकताका सर समान पहिले भन्दा वढी किन्न थालेका छन् ।
 
केही स्थानमा नेपालीले खाने चामल अभाव देखिपनि बजारमा अत्यावश्यक वस्तुको अभाव भने छैन ।  
 
कोरोना भाइरसले केही नेपालीहरुको पेशा र व्यवसायमा समेत असर पार्न थालेको छ । अमेरिकामा नेपालीले रेष्टुरेण्ट, आइब्रो सैलुन, स्टोर, होटल लगायतमा लगानी गरेका छन् । कोरोनाको त्रासले यी मध्ये केही व्यवसायका ग्राहकमा कमि आउन थालेको छ । 
 
यसवाहेक सयौं नेपालीले अमेरिकामा ट्याक्सी र ऊवर, लिफ्टपनि चलाउंदै आएका छन् । न्युयोर्कमा ऊवर चलाउनेलाई कोरोना भाइरस संक्रमण भएको भेटिएपछि त्रास वढेको छ । यही त्रासका कारण शनिवार कयौं नेपालीले ऊवर नचलाएको वताएका छन् । यसले नेपालीको आम्दानी घट्ने संभावना देखिएको छ । 
 
ग्यांस स्टेशन, लिकर स्टोर लगायतमा भने खासै फरक नपरेको सम्वद्ध नेपालीले वताए । 
 
ऊवरले भने आफ्ना चाकललाई कोरोना भाइरसले संक्रमण भएको पाइए । न्यूनतम पारिश्रमिक दिने वताएको छ । 
 
अमेरिकामा आइतवारसम्म कोरोना भाइरसवाट संक्रमितको संख्या करिव ५ सय पुग्न लागेको छ । यस मध्ये १९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या प्रति दिन वढ्दै छ । 
 
अमेरिकामा मौसम परिवर्तन हुदैंछ । विस्तारै जाडो कम भएर गर्मी चढ्दै छ । त्यसले यसवेला समान्य रुवाखोकी लाग्ने समय पनि हो । तर, यही वेला कोरोना भाइरसको पनि प्रकोप वढेकाले त्रास थपिएको हो ।  
 
कोरोना भाइरसले अमेरिकाको अर्थतन्त्रमा पनि असर पार्न थालेको छ । शेयर बजारमा उतार चढाव आईरहेको छ । तेलको मूल्य भने घटेको छ । अहिले प्रायले गाडीमा हाल्ने प्रति ग्यालिन तेलको मूल्य अधिकांश राज्यमा करिव २ अमेरिकी डलरको हाराहारीमा झरेको छ । टेक्ससमा ग्यांस स्टेशनहरुले तेलको मुल्य प्रति ग्यालिन २ डलरभन्दा तल राख्न थालेका छन् । तस्बिर : सामाजिक संजाल