मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोरोना भाइरसवाट संक्रमितको संख्या करिव एकलाख

विश्वभर कोरोना भाइरसवाट संक्रमितको संख्या करिव एकलाख


हिमालयखवर संवाददाता-
अमेरिका। विश्वभर चिन्ताको विषय वनेको कोरोना भाइरसवाट संक्रमितको संख्या करिव एकलाख पुगेको छ ।
 
चीनवाट शुरु भएको यो भाइरस करिव २ महिनाको अवधिमा ८० भन्दा वढी देशमा पुगेको छ । सवैभन्दा वढी प्रभावितको संख्या भने चीनमा रहेको छ । चीनमा कोरोना भाइरस संक्रमितको संख्या करिव ८० हजार पुगेको छ भने करिव ३ हजारले ज्यान गुमाएका छन् ।
 
पछिल्ला केही साता यता यो भाइरसले दक्षिण, कोरिया, इरान, इटालीलाई चपेटामा लिएको छ ।
 
अमेरिकामा पनि कोरोना भाइरसको संक्रास वढेको छ । शुक्रवार विहान सम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २३१ पुगेको छ । यो संख्या लगातार वढीरहेको छ । नेपाली समुदायको ठुलो वस्ती रहेको न्यूयोर्क, क्यालिफोर्निया, टेक्सस, कोलोराडो लगायतका राज्यमा पनि कोरोना भाइरसका विरामी भेटिएका छन् ।
 
दु्रत गतीले सर्ने यो कोरोना भाइरसका संक्रमित अमेरिकाका २० राज्यमा भेटिएका छन् । दैनिक संक्रमितको संख्या वढेको छ । चिकित्सकहरुले त्रसित हुने भन्दा पनि सतर्क हुन आग्रह गरेका छन् ।
 
अमेरिकामा अहिलेसम्म कुनै नेपाली यो भाइरसवाट संक्रमित भएका  जानकारी छैन । उबर, ट्क्यासी चलाउने, भिडभाडमा काम गर्ने नेपाली पनि उख्खेनियम रहेकाले यो भाइरसको जोमिखमा भने छन् ।
 
कोराना भाइसरले व्यवसायमा भने असर पार्न शुरुगरेको छ । एयरलाइन्स, होटल पछि रेष्टुरेण्टमा ग्राहक घटेका छन् । यसले नेपाली समुदायको आम्दानीमा पनि असर पार्ने देखिन्छ ।
 
अमेरिकामा संक्रमित मध्ये एक दर्जनको मृत्यु भएको छ । मृत्यु हुनेमा करिव ४० बर्ष देखि ८० बर्ष सम्मका छन् ।
 
कोरोना भाइरस सवैभन्दा वढी क्यालिफिोर्निया र वासिंटन राज्यमा देखिएको छ । न्यूयोर्कमा कोरोना प्रभावितको संख्या २२ पुगेको छ ।
 
कोरोना भाइरस संक्रमितको संख्या वढ्ने क्रम देखिएपछि अमेरिकामा उच्च सावधानी अपनाईएको थियो । केही क्ष्ँेत्रमा आपतकालिन स्थित समेत घोषणा गरिएको छ । वासिंटन राज्यमा केही स्कुलहरु बन्द भएका छन् । कोरोना फैलिन नदिन वासिंटन प्रशासनले विभिन्न तयारी गरेको छ । कोरोना प्रभावित देशवाट अमेरिका आउनेलाई कडाई गरिएको छ ।
 
कोरोना भाइरसको खोप तयार भएको दावी गरिएपनि यसको मानिसमा परिक्षण हुन बांकी छ । तस्बिर: सामाजिक संजाल