मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

कोरोनाको डरः युलेस नेपाली समाजको आउदो मार्च ७ तारिख शनिबारको होली पनि स्थगित

कोरोनाको डरः युलेस नेपाली समाजको आउदो मार्च ७ तारिख शनिबारको होली पनि स्थगित


ड्यालस (टेक्सस) । युलेस नेपाली समाजले आउँदो फागु पूर्णिमाको अवसरमा विगतका वर्षहरू जस्तै आउदो मार्च ७ तारिख शनिबारका दिन भव्य होली आयोजना गर्ने कामको तयारी लगभग पुरा भएको थियो ।
 
विश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको संवेदनशीलतालाई ध्यानमा राखेर कोरोना भाईरसको सक्रमणबाट बच्न र सचेत रहन  अनुरोध गर्दै आज आकस्मिक बैठक बसि आउदो मार्च  ७  तारिख  युलेसको ओकरिज पार्क (टिकापुर)मा  होलीको  कार्यक्रम स्थगित गरिएको स्थानीय अगुवा टीका पौडेललेले  जानकारी दिनुभएको छ ।  
 
विशुद्ध रुपमा पारिवारिक जमघट र मनोरञ्जनको साथै अमेरिकामा जन्मिएका र सानै उमेरमा अमेरिका आएर हुर्केका बालबालिकाहरुलाई समेत हिन्दू धर्मसंस्कृति बारे जानकारी समेत दिनका लागि समाजले  बिगत ६/७ बर्ष देखि होली कार्यक्रम गर्दै आएको थियो ।