मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रवासी मञ्चले नेकपाका नेता अउँदा स्वागत र कार्यक्रम नगर्ने

प्रवासी मञ्चले नेकपाका नेता अउँदा स्वागत र कार्यक्रम नगर्ने


हिमालयखबर संबाददादा- 
ड्यालस (अमेरिका) । प्रवासी नेपाली एकता मञ्चले नेकपाका नेताहरु अमेरिका आउँदा अब कुनै पनि स्वागत र कार्यक्रम आयोजना नगर्ने बताएका छन् ।
 
आइतबार ड्यालसको अर्भिङमा आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा मञ्चका नेताहरुले नेपालबाट नेताहरु आउँदा व्यक्तिगत सम्बन्ध र भावनात्मक रुपमा कार्यक्रम गर्न सकिए पनि भातृसंस्था, शुभेच्छुक संस्थाको हिसाबले भने नहुने जनाएका छन् । ‘हामी नेकपामा आवद्ध होइनौ, सम्बद्ध चाँही छौँ’ मञ्चका संस्थापक सचिव भीम कार्कीले भने ।
 
अहिले प्रभु थापाको अध्यक्षतामा रहेको प्रवासी नेपाली एकता मञ्च एउटा छ भने आपूmहरुलाई पार्टीसँग कुनै सम्बद्धता नरहेको जनाउँदै टेक गुरुङको संयोजकत्वमा अर्को प्रवासी मञ्च गठन गरिएको छ । टेक गुरुङ नेतृत्वको प्रवासी नेपाली एकता मञ्चले आफ्नो नयाँ कार्यसमितिका पदाधिकारी सार्वजनिक गर्ने उद्वेश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्चका प्रवक्ता कमल ओझाले अबदेखि प्रवासी मञ्च अमेरिकी कानुन अनुसार दर्ता भएको विशुद्ध सामाजीक संस्थाका रुपमा अघि बढ्ने घोषणा गरे ।
 
‘नेपालको कुनै पनि राजनीतिक दलले अमेरिकामा दर्ता भएको संस्थालाई नेपालको कानुन अनुसार चल्नका लागि दवाव दिन मिल्दैन’ ओझाले भने । उनले मञ्चको सदस्यता जो सुकैलाई पनि खुल्ला गरिएको पनि घोषणा गरे ।
उनले नेपाली कांग्रेसका नेताहरु आउँदा पनि प्रवासी मञ्चले अन्तरकृया गर्नसक्ने बताए । ‘हामी नेपालको पाटीको झण्डा र व्यानरमुनि अब रहन सक्दैनौ’ उनले भने । 
 
प्रवासी नेपाली एकता मञ्चको आधिकारिकता र स्वामित्व आफूहरुसँग रहेको पनि उनीहरुले दावी गरे । ‘२०१९ मार्च २५ मा दर्ता भएको प्रवासी नेपाली एकता मञ्चका प्रभु थापा हुनुहुन्न’ काकीले भने । उनले दुबै समितिबीच संवाद, सहमति र सहकार्य नभै सुखै नभएको उल्लेख गर्दै आफूहरु पनि लचिलो भएको उल्लेख गरे । 
 
यसैबीच प्रभु थापा नेतृत्वको समितिलाई टक्कर दिन संस्थाकै पूर्ब वरिष्ठ उपाध्यक्ष टेक गुरुङको संयोजकत्वमा ४३ सदस्यीय कार्यसमिति आइतबार घोषणा गरिएको छ । न्यूयोर्क र ड्यालसमा एकै साथ छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर कार्य समिति घोषणा गरिएको हो । 
 
समितिको महासचिबमा ओएनएफका पुर्व कोषाध्यक्ष रहेका शंकर पन्त रहेका छन् । प्रबक्तामा ड्यालसका कमल ओझा रहेका छन भने कोषाध्यक्षमा टेक्सासकै युबराज खनाल रहेका छन । 
 
त्यसै गरि सद्स्यमा अमेरिकामा एमालेको सङठनको संस्थापक रहेका टेक्सासका भीम कार्की , गणेश कुँवर , न्युयोर्ककी सीता खरेल, जर्जियाका सिएन घिमिरे, न्युयोर्कका पुर्व महासचिब राधाकृष्ण देउजा, टेक्ससका चन्द्रकान्त पान्डे, सिकागोका रेस्टुरा ब्यबसायी बाला घिमिरे, न्युयोर्ककै बनिता कतिला, टेक्ससकै सरिता चौलागाईं, केन्टकीका भरत उप्रेती, सिकागोकै सुन्दर घिमिरे र सरस्वती मुखिया,  आइयोबाट दिपेश गौतम, न्युयोर्कबाट सोमेन्द्र रन्जित, न्युयोर्कबाट कृष्ण आचार्य,  डिसिबाट डिबि सागर, टंक कुवर, कमला भुषाल लगायत छन् ।
 
 करिब ३ हप्ता अघि अमेरिकामा रहेका पुर्व प्रबासी मन्च र एकता मन्चमा एमाले तर्फबाट २० जना र माओबादी तर्फबाट १५ जना गरि जम्मा ३५ जनाको नामावली आएको थियो । केन्द्रबाट आएको लिस्टमा केपी ओली पक्षका प्रभु थापाको नेतृत्वमा मात्र एकलौटी नाम आएको भन्दै माधब नेपाल गुटले अमेरिकामा प्रवासी मञ्च नयाँ कमिटी सार्वजनिक गरेको हो । 
 
नेपाल स्थित केन्द्रको नजिक रहेर गठन गरेका समितिका अध्यक्ष प्रभु थापाले केही दिन अघि बैठक बसेर कमिटिमा आफ्नो बहुमत पुर्याउने हिसाबले १४ जना सदस्य थप गरेका छन भने । आइतबार  सार्वजनिक नयाँ कमिटिमा पुर्व माओबादी पक्षका एक जना पनि समेट्न सकेको छैन । ड्यालसमा भएको कार्यक्रमस्थलमा माअवादीका तर्फबाट प्रकाश अधिकारी देखिएपनि उनी हलमा पसेनन् । 
 
 अमेरिकामा  प्रभु थापा र बिद्रोही ग्रुप दुबै पक्षको तौर तरिका मन नपरेर बाहिर बसेका पनि थुप्रै सार्वजनिक अनुहार पनि रहेको स्रोतको दावी छ । 
 
ड्यालसको कार्यक्रममा मञ्चका प्रदीप तिमिल्सिना, चेतनाथ भट्टराइ लगायतले पनि सहभागिता थियो ।