मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन हुन्छ : नेता पाण्डे

गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन हुन्छ : नेता पाण्डे


चितवन । नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् क्षेत्र नं ३ का सांसद् सुरेन्द्र पाण्डेले वामदेव गौतम राष्ट्रियसभामा जाने पार्टी सचिवालयको निर्णय कार्यान्वयन हुने बताएका छन् । आज भरतपुरमा संचारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले सो कुरा बताएका हुन् । 
 
पछिल्लो समय सत्तारुढ दल नेकपाभित्र अहिले गौतमलाई राष्ट्रियसभामा लैजाने विषयले माहोल तातेको छ । वामदेव राष्ट्रियसभा हुँदै मन्त्री बन्नेसम्मको चर्चा चलेपछि सर्वत्र आलोचनासमेत भइरहेको छ । उनले कुनै व्यक्ति राष्ट्रियसभाको सदस्य बने पनि मन्त्री बन्ने कुनै संवैधानिक व्यवस्था नभएको प्रष्ट पारे । 
 
नेता पाण्डेले निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रतिनिधिसभाको कार्यकालभरि नियुक्तिका लागि योग्य नहुने संवैधानिक व्यवस्था भएकोले राष्ट्रियसभामा सांसद् बने पनि मन्त्री हुन नसक्ने बताए । 
 
उनले भने–‘संविधानको धारा ६८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा ९१० बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ ।’
 
जनताले पराजित गरेका व्यक्ति सांसद् वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको नेता पाण्डेको भनाइ थियो । संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोल्न पार्टी सचिवालयले गरेको निर्णयको पक्षमा जनता नदेखिएपछि कार्यदल नै भंग गरिएको नेता पाण्डेको भनाइ छ ।