मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगाउने निर्णय

नेपाल सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ विकास कर लगाउने निर्णय


काठमाडौँ – नेपाल सरकारले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ विकास कर लगाउने निर्णय गरेको छ। विकास कर थप ५ रुपैयाँ बढाएकोबारे सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले जानकारी गराएका हुन।
 
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसमेत सम्हालेका खतिवडाले पहिलो पटक मन्त्रिपरिषद बैठक सार्वजनिक गरेका हुन्।  फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँमा कर लगाउने निर्णय गरेको थियो।
 
सरकारले विकास करको दर प्रतिलिटर ५ रुपैयाँबाट १० रुपैयाँ पुर्‍याएपछि अब पेट्रोल र डिजेलको मूल्य समेत बढ्ने भएको छ । गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो ।
 
त्यस्तै सरकारले नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा ७ जनालाई नियुक्त गरेको छ । फागुण १५ गते बसेको मन्त्रिपरिषदको बैठकले परिषदको सदस्यमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।