मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

अमेरीकामा हुनलागेको जनगणनामा नेपालीहरुको सहि तथ्याङ्ग संकलनगर्न सहयोग लागी प्रचास प्रसार समिती गठन

अमेरीकामा हुनलागेको जनगणनामा नेपालीहरुको सहि तथ्याङ्ग संकलनगर्न सहयोग लागी प्रचास प्रसार समिती गठन


कोलोराडो (अमेरीका)- आगामी मार्च देश्राे साताबाट सुरु हुन लागेको अमेरिकी जनगणना (Cansus 2020) मा नेपाली हरूको सहि तथ्याङ्ग संकलनगर्न सहयाेग गर्ने उद्येश्यले एनआरएन कोलोराडो च्याप्टरले एक समिती गठन गरेकाे छ ।
नेपाली समूदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यको साथ बिभिन्न संघ संस्था तथा क्षेत्रकाे प्रतिनिधित्व हूने गरी उपाध्यक्ष रामचन्द्र पन्त को संयोजकत्वमा २५ सदस्यीय सिमिती गठन गरिएकाे च्याप्टर सचीव नवराज न्यौपानेले बताएका छन् । काेलाेराडेमा बसाेबास गर्ने सबै समुदाय, क्षेत्र, र संघ संस्थाका प्रतिनित्व हुनेगरी गठन गरिएकाे समितीमा अवश्यक संख्या थप्दैजान सिकने बताइएकाे छ । ।
 
अमेरिकामा नेपालीको संख्या तीन लाख माथि पुगि सकेको बताइए पनि आधिकारिक तथ्यांक न्यून छ । त्यसैले प्राय सबै सरकारी कागजातमा नेपालीले एसियाली वा भारतीय एसियाली मूलबाट आफ्नो पहिचान खुलाउन बाध्य हुन परेकाे छ । जनगणना मार्फत नेपालीको सहि तथ्यांक आएमा सरकारी पहिचान नै फरक पर्न सक्नेछ । त्यसैले सबै कोलोराडो बासी नेपालीलाई आफ्नो मातृभाषा खुलाएर जनगणनामा भाग लीन एनआरएन कोलोराडो च्याप्टरले सबैलाइ अपील  गरेका छ ।
एनआरएन कोलोराडो च्याप्टरले यसपालीको जनगणनामा कोही पनि नेपाली नछुटुन् भन्ने उद्देश्यले चेतना बढाउने निर्णय गरि समिती गठन गरेकाे जनाएका छ ।
 
च्याप्टर उपाध्यक्ष रामचन्द्र (आरसी)पन्त संयोजकत्वमा गठित समितीका सदस्यहरूमा नवराज न्यौपाने , प्रकाश पौडेल , दीपक सूनूवार , माधव प्रसाद शिवाकोटी,किरण अधिकारी, टिका पौडेल, प्रमोद भन्डारी , शंकर गुरुङ , यमुना केसी , दिलकुमारी श्रेष्ठ , सम्झना आचार्य ,प्रेमकाजी श्रेष्ठ , गणेशराज पौडेल, नन्दलाल न्यौपाने , हरीश खत्री , सुमन केसी , पदमराज तमाङ , चीरन्जीवी रेग्मी , अमृता आचार्य , विजय बराल , लाल चैलागाई , सन्जयसिंह केसी , धुर्व पौडेल , चन्द्रकान्त अधिकारी रहेका छन् ।