मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २७७० पुग्यो, दक्षिण कोरियामा संक्रमण रोक्न कर्फ्यु

कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २७७० पुग्यो, दक्षिण कोरियामा संक्रमण रोक्न कर्फ्यु


काठमाडौँ । चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बुधबारसम्म २७७० पुगेको छ । यस्तै, आजसम्म ८१ हजार २७९ जनामा संक्रमण पुष्टि भएको छ । 
 
विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर ४० देशमा करिब १५ सय जनामा सङ्क्रमण पुष्टि भएको र मंगलबारसम्म आठ जनाको मृत्यु भएको छ । 
 
यस्तै, ३० हजार ३५८ जना उपचारपश्चात् घर फर्किएका छन् । ४८ हजार १५१ जनामा कोरोनाभाइरसको संक्रमण तीव्र छ भने ३९ हजार ३०० जना मध्यम र ३३ हजार १२८ जना सुधारोन्मुख अवस्थामा छन् । संक्रमितमध्ये ८ हजार ८५१ जनाको अवस्था चिन्ताजनक रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।  
 
डब्ल्यूएचओडब्लुएचओद्वारा चासो व्यक्त
 
कोरोना भाइरसको सङ्क्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बारम्बार चासो व्यक्त गरेको छ ।
 
संगठन प्रमुख टेड्रोस अधानम गेब्रेयससले अफ्रिकी संघका सदस्य राष्ट्रहरूलाई कोभिड–१९ भनिने भाइरसको सङ्क्रमणसँग आक्रामक प्रतिरोधका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् । अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणको त्रास विश्वव्यापी रुपमा बढेको छ । 
 
चीनबाहिर पनि इरान, फिलिपिन्स, दक्षिण कोरिया, जापानमा रोगको सङ्क्रमण फैलिने क्रम बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर अहिलेसम्म करिब एक हजार ५५० व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भैसकेको छ । 
 
दक्षिण कोरियामा सहरी क्षेत्रमा कर्फ्यु 
 
चीनबाट सुरु भएको कोरोना संक्रमणका कारण दक्षिण कोरियाली सहर थेगु प्रभावित भएपछि सरकारले उक्त क्षेत्रबाट संक्रमण रोक्न स्थानीयमाथि विभिन्न रोकावटहरु लगाएको छ । सन् २००९ मा फैलिएको फ्लुमा २६३ जनाको मृत्यु हुँदा कर्फ्यु लगाएयता कोरियामा यो नै कर्फ्युको पहिलो घटना हो ।
 
सरकारले कोरोना संक्रमणको सामना सजिलै गर्न सकिने बताए पनि अचानक धेरै मानिसहरुमा एक्कासि संक्रमण पाइएपछि सरकारले आपतकालीन बैठक बोलाएर उक्त सहर क्षेत्रमा संकटकाल घोषणा गर्दै कर्फ्यु लगाएको हो ।
 
सरकारले केही हप्ताका लागि घर बाहिर ननिस्कन, सार्वजनिक स्थलमा भेला नहुन, सार्वजनिक सवारी साधनको प्रयोग धेरै नगर्न, बिहे, मृत्यु, जन्मदिनजस्ता संस्कारमा सहभागी नहुन तथा नगर्न सबै सर्वसाधारणहरुमा अनुरोधसमेत गरेको छ ।
 
हाल उक्त सहरलाई कोरोना संक्रमणको हाई अलर्ट जोनमा राख्दै उक्त क्षेत्रका मानिसहरुको भीडभाड हुने क्षेत्रहरु जस्तै शैक्षिक संस्था, मेट्रो स्टेशन आदि बन्द गर्नेसमेत सरकारले जनाएको छ । सरकारको सो निर्देशन राष्ट्रपति मुनको निर्देशनमा बसेको आपतकालीन बैठकले गरेको हो । एपी / एएफपी