मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चेम्बरले द्वारा तीन महिने व्यबसाय तालिमको सुरूवात

चेम्बरले द्वारा तीन महिने व्यबसाय तालिमको सुरूवात


डालस (अमेरिका) – अमेरिकाको डालस स्थित नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सले अमेरिकामा उद्यम-व्यावसाय गर्न चाहनेहरूका लागि तीन महिने तालिमको सुरुवात गरेको छ। 
 
स्टार्ट-अप एकेडेमी नाम दिइएको सो तालिममा विभिन्न ६ वटा विषयहरूमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण दिइने संस्थाले जनाएको छ। स्थानीय ईम्पावोर सिरिज नामक संस्थासँगको संयुक्त साझेदारीमा सो तालिम सुरु गरिएको हो। 
 
करिब ५ वर्ष अघि डालस- फोर्टवोर्थमा रहेका नेपाली ब्याबसायीहरुलाई एक जुट गर्दै साझा मञ्चको अवधारणा अनुरूप स्थापना भएको नेपलिज अमेरिकन च्याम्बर अफ कमर्सले नेपाली ब्याबसायीहरुलाई प्रत्यक्ष लाभ हुने विविध जानकारी मूलक तथा क्षमता सशक्तीकरण लगायत आफ्नो क्षेत्र  रहेका भित्र सबै नेपाली व्यवसायहरूको लागि वित्तीय अवसरहरूको सुदृढीकरण र वृद्धि गर्नका विविध कार्यक्रमहरूको प्रवर्धन गरेर व्यवसाय र समुदायको समृद्धिलाई प्रोत्साहित गर्दै आएको छ।  
 
ब्याबसायमा आउन चाहनेहरूलाई लक्षित गरेर भने च्याम्बरले पहिलो पटक यो औपचारिक तालिमको सुरुवात गरेको हो।