मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

गीतकार न्यौपानेको होली गीत सार्वजनिक

गीतकार न्यौपानेको होली गीत सार्वजनिक


कान्सस सिटी (अमेरिका) – गीतकार कमला न्यौपानेले फागु पूर्णिमाको अवसर पारेर नयाँ गीत सार्वजनिक गरेकी छिन् । 
 
‘होली रङ्ग, होली रङ्ग’ बोलको गीतका साथै म्युजिक भिडियो एकैसाथ युटुबाट रिलिज गरिएको गीतकार न्यौपानले बताइन् । ‘यो मेरो दोस्रो भिडियो सहितको गीत हो । एक वर्ष अघि ‘रिमा रिमा…’ बोलको गीत र भिडियो उनले सार्वजनिक गरिसकेकी छिन् ।
 
होलीको गीत भएकोले त्यसै अनुसार व्यापक रुपमा रङ्गको प्रयोग गरेर जनकपुरको जानकी मन्दिर र सेरोफेरोमा गीत सुटिङ गरिएको छ । अहिलेका चल्तीका गायक अनुप रेग्मी र गायिका मेलिना राइले गीतमा स्वर दिएका छन् । 
 
अमेरिकाको कान्सस स्थित ओभरल्याण्ड पार्कमा सपरिवार बस्दै आएकी न्यौपाने पेशाले नर्स हुन् । 
 
पेशा र परिवारबाट समय निकालेर उनी गीतको रचनामा संलग्न हुँदै आएकी छिन् । उनका ६ वटा गीत रेकर्ड भैसकेका छन् । 
 
होली रङ्ग होली रङ्ग बोलको गीतको भिडियो प्रकाश धितालले बनाएका हुन् । होलीको अवसर पारेर रिलिज गरिएको हुँदा निकै सकारात्मक प्रतिकृया प्राप्त हुने आशा उनले राखेकी छिन् । आउँदो मार्च १४ मा ६ वटा गीतहरु समावेश भएको उनको ‘तरंग’ एल्बम सार्वजनिक हुँदैछ ।