मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आइतबार न्यूयोर्कमा सामुदायिक भेला

आइतबार न्यूयोर्कमा सामुदायिक भेला


न्युयोर्क-  नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले फेबु्रअरी २३ आउँदो आइतवार न्यूयोर्कमा सामुदायिक भेला गर्ने भएको छ । 
 
न्यूयोर्कमा आउँदो मे २ र ३ मा हुने संघको  अधिवेशनलाई केन्द्रीत गरी सामुदायिक भेला गर्न लागिएको हो । 
 
पत्रकार र समुदायका अभियन्ताका बीचमा गरिने अन्तरक्रियात्मक भेलामा न्यूयोर्क आसपास क्षेत्रका समुदायका अभियन्ता तथा पत्रकारहरुलाई उपस्थित हुन संघकी पूर्व क्षेत्र संयोजक तथा अधिवेशन आयोजक समिति संयोजक कल्पना घिमिरेले आग्रह गर्नुभएको छ । कार्यक्रम आइतवार साँझ न्यूयोर्क ज्याक्सन हाइट रुसभेल्ट एभिन्यूमा रहेको भान्छा घर–२ मा हुनेछ । 
 
सातौं अधिवेशन तथा १४ औं वार्षिक साधारण सभालाई मध्यनजर गरी नेजाले विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । 
अधिवेशन लक्षित तयारी समेत अघि बढाइएको छ । सदस्यता वितरण तथा नविकरणको कामलाई तिव्रता दिइएको संस्थाका सचिव सुरज भण्डारीद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।