मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

अमेरिका क्षेत्रको विज्ञ सम्मेलन क्यानडामा हुने

अमेरिका क्षेत्रको विज्ञ सम्मेलन क्यानडामा हुने


अमेरिका- गैर आवासिय नेपाली संघ (एनआरएएन) अमेरिकाज क्षेत्रिय बैठकले आगामी जुलाईमा क्यानडामा दोस्रो क्षेत्रिय  विज्ञ सम्मेलन गर्ने निर्णय गरेको छ ।
 
अमेरिका क्षेत्रका एनआरएनए पदाधिकारीहरुको केही दिन अघि भएको वैठकले उक्त निर्णय गरेको हो । जुलाईको कुन दिन गर्ने भन्ने टुंगो भने लागेको छैन ।
 
यस अघि विज्ञ सम्मेलन सगैं एनआएनए अमेरिकाको साधारण सभा पनि भएको थियो । एनआरएनए अमेरिकाले भने यही परम्परालाई निरन्तरता दिने गरी विज्ञ सम्मेलन कोलोराडोको डेनभरमा गर्ने योजना वनाएको थियो ।
 
एनआरएनए अमेरिका क्षेत्रका संयोजक राजन त्रिपाठीको संयोजकत्वमा भएको उक्त बैठकमा आईसीसी उपाध्यक्ष, रबिना थापा, आईसीसी सचिव गौरी जोशी, क्षेत्रिय उपसंयोजक राम पोख्ररेल, क्षेत्रिय महिला संयोजक उमा कार्की, एनआरएनए क्यानडा र अमेरिकाका अध्यक्ष लगायत आईसीसीमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुको सहभागिता थियो ।
 
पहिलो क्षेत्रिय विज्ञ सम्मेलन अमेरिकाको क्यालिफोर्नियामा भएको थियो ।
 
वैठकमा उपाध्यक्ष थापाले विज्ञ सम्मेलन खाली चर्चाको लागि मात्र नभई उपलव्धिमुलक हुनुपर्ने वताएकी थिईन । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले क्यानडामा विज्ञ सम्मेलन भएपनि आफुले पुर्ण सहयोग गर्ने वताएका थिए ।