मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी ट्राभल प्रदर्शनीमा नेपाल सहभागी

अमेरिकी ट्राभल प्रदर्शनीमा नेपाल सहभागी


लस्एन्जल्स – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जल्स शहरमा फेब्रुअरी १५ र १६ तारिख भएको दुई दिने ट्राभल एन्ड एडभेन्चर प्रदर्शनीमा नेपालको पनि सहभागिता रह्यो । ट्रेकिङ एजेन्ट्स् एशोसियसन अफ नेपाल (टान)को नेतृत्वमा केही सदस्य ट्रेकिङ एजेन्सीहरुको सहभागिता नेपालको तर्फबाट भएको टानकी महासचिव सरिता लामाले बताएकी छिन् । टानको तर्फबाट महासचिव लामा सहभागी भएकी हुन् । 
 
महासचिव लामाका अनुसार कम्तीमा पनि तीन हजार जान भिजिटरहरुले प्रदर्शनीमा राखिएका नेपाली स्टलहरुमा आएर नेपालको बारेमा विशेष रुचीपूर्वक जानकारी लिएका थिए । यसले भ्रमण बर्ष २०२० बारे प्रचारप्रसारमा राम्रो सहयोग पुगेको पनि उनले बताईन् ।  
 
यस प्रदर्शनीमा भ्रमण बर्ष-२०२० बारे नेपालको सन्दर्भमा कुराकानी गर्दा धेरै जसो  पर्यटकहरुले नेपाल घुम्न जाने  प्रतिबध्दता समेत गरेको लामा बताउछिन् ।
सहभागीहरुमा हिमालयन फ्रेन्ड्स ट्रेकिङका प्रमुख तथा टानका सक्रिय सदस्य रिन्जी जाङ्बु शेर्पा, ट्रेकिङ एक्सपर्टका प्रमुख पासाङ रिन्जी शेर्पा, फ्रेन्ड्स एड्भेन्चर टीमका प्रमुख राजेन्द्र बहादुर लामा र स्नो होराईजन ट्रेक्स, ए वान ग्लोव टुर्स लगायतका प्रतिनिधीहरु थिए ।