मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेस नेता शाक्यको बौद्ध परम्पराअनुसार अन्त्येष्टि

काँग्रेस नेता शाक्यको बौद्ध परम्पराअनुसार अन्त्येष्टि


काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको अन्त्येष्टि गरिएको छ । आइतबार निधन भएका ललितपुरका पूर्वमेयर रहनुभएका शाक्यको आज बौद्ध परम्पराअनुसार शङ्खमुलमा अन्त्येष्टि गरिएको काँग्रेस नेता रामचन्द्र पोखरेलले जानकारी दिए । 
 
अन्त्येष्टिमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु शङ्कमुल पुगेका थिए । 
 
स्वर्गीय शाक्यको शवमा काँग्रेस नेताहरुले पार्टीको झण्डा ओढाएका थिए । 
 
नगरपालिका संघका पूर्वअध्यक्ष रहेका स्व शाक्यले स्थानीय तहलाई स्थानीय सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । 
 
विकेन्द्रीकरण समाज नेपालका उपाध्यक्षसमेत भएका स्व शाक्यले नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टीको सङ्गठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्व शाक्यका श्रीमती, एक छोरा र दुई छोरी छन् । 
 
यसैबीच, आइतबार पार्टीका सभापति शेरबहादुर देउवाले स्व शाक्यप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए ।