मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नवनियुक्त कानुनमन्त्री डा तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण

नवनियुक्त कानुनमन्त्री डा तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण


काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छन् । 
 
राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सिंहदरबारमा रहेको मन्त्रालयमा उनले आजै पदभार ग्रहण गरेकी हुन् । 
 
पदबहालीका क्रममा मन्त्री तुम्बाहाङ्फेले संविधानले व्यवस्था गरेका मौलिक हक कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली आगामी चैत मसान्तभित्र मस्यौदा गरिसक्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी थिइन् । 
 
सो अवसरमा उनले कानुन मन्त्रालयले स्थिरता प्राप्त गरेको प्रतिक्रिया दिए । यसअघि तुम्बाहाङ्फे प्रतिनिधिसभाको उपसभामुख रहेकी थिइन् । नेकपाले सभामुख निर्वाचनमा मार्गप्रशस्त गर्न राजीनामा दिन लगाएपछि उनी पदमुक्त भएकी थिइन् । 
 
विसं २०२० मा जन्मिएकी नवनियुक्त कानुनमन्त्री तुम्बाहाङ्फेले ‘नेपालको राजनीतिमा महिला आन्दोलन’ विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेकी छन् । उनले एक दशक त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा प्राध्यापनसमेत गरेकी थिइन् ।