मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेस सरकार ढाल्ने पक्षमा छैन : उपसभापति निधि

काँग्रेस सरकार ढाल्ने पक्षमा छैन : उपसभापति निधि


चितवन । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन् ।  
 
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रस्ट पारे । 
 
सरकार परिवर्तनको विषय सत्तापक्षको आन्तरिक विषय भएको उनको भनाइ थियो । उपसभापति निधिले भने, “हामी सरकार ढाल्ने पक्षमा छैनौँ । आफ्नै महाधिवेशनको तयारीमा जुटेका छौँ ।” 
 
उनले नेपाली काँग्रेसको चौधौँ महाधिवेशन सार्वजनिक भएको तालिकाअनुसार नै सम्पन्न हुने बताउँदै पार्टीभित्र सैद्धान्तिक विषयमा कुनै मतभेद नरहेको तथा पार्टी विधान र सहमतिअनुसार चलेको बताए । 
 
काँग्रेस प्रतिपक्षको भूमिकामा नचुकेको दाबी गर्दै उनले सरकारले ल्याएका जनविरोधी कानुन जस्ताको तस्तै पारित गर्न काँग्रेसले नै रोकेको बताए । काँग्रेस जिम्मेवार र शालीन प्रतिपक्ष भएकाले आफ्नो भूमिका पनि सोहीअनुसारको रहेको उनको जिकिर थियो ।  
 
उपसभापति निधिले सरकारको दुई वर्ष पूर्णरुपमा असफल भएको बताउँदै उक्त अवधिमा महँगी बढेको, शान्तिसुरक्षा कायम हुन नसकेको, विदेश नीति कमजोर बनेको र विकास निर्माण हुन नसकेको बताए ।