मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हतियारधारी समूहद्वारा ३० जनाको विभत्स हत्या

हतियारधारी समूहद्वारा ३० जनाको विभत्स हत्या


नाइजेरिया ।  हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।   
 
प्रहरी अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार मोटरसाइकलमा आएका दर्जनौँ बन्दुकधारीले गाउँलेहरुलाई अन्धाधुन्ध आक्रमण गरेका थिए । 
 
उनीहरुले काट्सीना राज्यमा पर्ने साउवा र डाङकर गाउँमा बस्ने स्थानीय बासिन्दालाई गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । 
 
आक्रमणकारीहरुले स्थानीय वासिन्दालाई घर घरमै आक्रमण गर्नुका साथै उनीहरुको घरमा समेत आगजानी गरेका छन् । 
 
“हतियारधारी आक्रमणकारीहरुले साउवामा २१ जनाको हत्या गरेका छन् भने अरु नौ जनालाई डाङ्कर गाउँमा हत्या गरेका छन्,” कात्सिनाका प्रहरी प्रवक्ता गाम्बो इसाहले भने । 
 
मृत्यु भएकामध्ये अधिकांश वृद्धवृद्धा र बालबालिका रहेका छन् । आक्रमणकारीहरुले आक्रमण गर्न थालेपछि भाग्न नसकेकाले मृत्यु हुनेमा वृद्धवृद्धा र बालबालिका धेरै भएको अधिकारीहरुले जनाएका छन् ।
 
आक्रमणकारीहरुले मानव हत्या र घरहरुमा आगजनी गरेकाले घटना दर्दनाक देखिएको प्रहरीको भनाइ छ । स्थानीय एक वासिन्दाले भने, “यति दर्दनाक र क्रुर घटना मैले जीवनमा अहिलेसम्म देखेको थिइनँ ।” एएफपी