मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्रवासी मञ्चको मुद्दा अब नेकपामा पुग्ने संकेत

प्रवासी मञ्चको मुद्दा अब नेकपामा पुग्ने संकेत


न्यूयोर्क (अमेरिका) – प्रवासी नेपाली मञ्च र जनप्रगतिशील मञ्च अमेरिकाको एकीकरण पछि गठित प्रवासी नेपाली एकता मञ्चको बैठकले संस्थालाई विस्तार गरेको छ ।
 
शनिबार बसेको बैठकले प्रवासी नेपाली एकता मञ्च अमेरिकाको कार्यसमितिलाई विस्तार गरेर ५५ सदस्यीय बनाएको छ । मञ्चका अध्यक्ष प्रभु थापाको अध्यक्षतामा बसेको बैठकले सन् २०२० भित्रै संस्थाको अधिवेशन गर्ने निर्णय समेत गरेको छ ।
 
एकीकरणपछि गठित संस्थाको अध्यक्षमा प्रवासी मञ्चका पूर्ब अध्यक्ष प्रभु थापा (बाल्टिमोर) चयन भएका छन् भने सचिवमा जनप्रगतिशीलका तर्फबाट प्रकाश अधिकारी (डालस, टेक्सस) चयन भएका छन् । 
 
मञ्चले आउँदो मेमोरियल डे को सप्ताहन्त भौतिक बैठक बसेर सबै तयारी अघि बढाउने समेत निर्णय गरेको अध्यक्ष थापाले जनाएका छन् । गत महिना काठमाडौंस्थित नेकपाको केन्द्रिय कार्यालयले विश्वभरि रहेका आफ्ना भातृसंस्थाका रुपमा कार्यरत प्रवासी मञ्चको अध्यक्ष र सचिवको चयन गरेपछि अहिले अमेरिकामा विवाद बढेको छ ।
 
नेकपाद्वारा तोकिएका पदाधिकारी नमान्ने भन्दै एकपक्षले टेक गुरुङलाई अध्यक्ष घोषणा गरेको छ । शनिबारको बैठकबाट दुबै पक्ष लचिलो हुने आशा संस्थाका सदस्यहरुले राखेका थिए । तर दुबै पक्षले संस्था र पदमा दावी नछाडेपछि अब यो मुद्धा नेकपाको केन्द्रिय कार्यालयमा पुग्ने संकेत देखिएको छ ।