मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार निष्ठापूर्वक काम गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

सरकार निष्ठापूर्वक काम गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका कबुलहरू पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । 
 
सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उनले जनताले सुम्पेको विश्वास र भरोसाको नासोका रूपमा सार्वभौम जनताको आकाङ्क्षाअनुरुप निर्धारित राष्ट्रिय लक्ष्य हासिल गर्न एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारे । 
 
प्रधानमन्त्री ओलीले हालसम्म ५५ नयाँ कानून बनेको, २०१ ऐन संशोधन र १३ ऐन खारेज भई मौलिक हक कार्यान्वयनसँगै लोकतन्त्र सुदृढ हुँदै गएको धारणा व्यक्त गरे । 
 
उनले पूर्वपश्चिम राजमार्गको चारदेखि छ लेन बढाउने, पुष्पलाल राजमार्ग छिटो बनाउने साथै राष्ट्रिय गौरवका आयोजना, माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी यही वर्ष पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
सरकारले नेपाल–भारतबीचको सीमा विवादका विषयमा संवादका माध्यमबाट समस्या समाधान गरी अधिग्रहण भएको जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । 
 
प्रधानमन्त्री ओलीले मित्रराष्ट्र चीनमा देखापरेको कोरोना भाइरसका कारणले नेपालमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै उक्त भाइरस फैलिन नदिनका लागि चीन सरकारले गरेको प्रयासको प्रशंसा गरे । साथै, चीनबाट विद्यार्थी ल्याउनका लागि सरकार गम्भीर भएर लागिपरेको बताए ।