प्रवास

अमेरिकी रक्षा प्रणाली भारतलाई बिक्री गर्ने विषयमा पाकिस्तानद्वारा चिन्ता व्यक्त

73 पटक पढिएको

14th Feb 2020, Friday | २०७६ फाल्गुन २, शुक्रबार ०७:१५
इस्लामावाद । अमेरिकाले भारतलाई प्रतिरक्षा प्रणालीको बिक्रीलाई अनुमोदन गरेकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ । पाकिस्तानले अमेरिकी यस निर्णयबाट अस्थिर क्षेत्रमा हतियारको होड उत्पन्न गर्ने भन्दै आपत्ति जनाएको हो । 
 
संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले यसै हप्ता एकीकृत वायु रक्षाप्रणाली भारतलाई एक अर्ब ८६ करोड ७० लाख अमेरिकी डलरमा बिक्री गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । 
 
“भारतलाई एकीकृत वायु रक्षा प्रणालीअन्तर्गत वैदेशिक हतियार बिक्रीबारे अमेरिकी विदेश मन्त्रालयले अनुमोदन गराएको सूचना पाकिस्तानले पाएको छ,” पाकिस्तानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
“यतिबेला भारतलाई यस प्रकारको अत्याधुनिक हतियार प्रणाली बिक्री गर्ने कुराले अस्थिर अवस्थामा रहेको यस क्षेत्रलाई झन् बढी अस्थिर बनाउने छ,” पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता अइसा फारूकीले भने । 
 
फारुकीले पत्रकारसँगको नियमित साप्ताहिक सम्मेलनमा अमेरिकाको निर्णयले ‘दक्षिण एसियाको रणनीतिक सन्तुलनलाई पाकिस्तान र यस क्षेत्रका लागि गम्भीर सुरक्षाको असरमा खलल पार्ने’ भन्दै चिन्ता प्रकट गरेका हुन् । 
फारुकीले भने, “दक्षिण एसियाले हतियारको दौड र द्वन्द्व सहन सक्दैन, यसैले यस क्षेत्रको अस्थिरता रोक्न अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी रहन्छ । 
 
यस हप्ताको सुरूमा अमेरिकाको सुरक्षा सहयोग एजेन्सीले एउटा सूचना जारी गरी दुई देशहरूबीचको सहयोगलाई सुदृढ पार्न र भारतीय वायु रक्षा संरचनाको विद्यमान सङ्गठनलाई आधुनिकीकरण गर्न भारतसँगको सम्झौतालाई राज्य विभागले अनुमोदन गरेको बतायो । सिन्हवा