मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हात्तीको आक्रमणबाट ९३ वर्षीय तामाङको मृत्यु

हात्तीको आक्रमणबाट ९३ वर्षीय तामाङको मृत्यु


सौराहा । चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा जङ्गली हात्ती रोनाल्डोको आक्रमणबाट एक जनाको मृत्यु भएको  छ । 
 
मृत्यु हुनेमा रत्ननगर–७ बद्रेनीका ९३ वर्षीय मनबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रत्ननगर नगरपालिका–७ सौराहास्थित हात्ती प्रजनन केन्द्र नजिक खोरसोर संरक्षित जङ्गलमा भैँसी चराउन जाने क्रममा तामाङलाई हात्तीले आक्रमण गर्दा उनको आज घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जसँगैको संरक्षित जङ्गलमा जान सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दागर्दै ती वृद्ध उक्त ठाउँमा गएका थिए । 
 
रोनाल्डो नामको जङ्गली हात्तीले उनलाई आक्रमण गरेको घिमिरेले जानकारी दिए । रोनाल्डो, ध्रुवेलगायत जङ्गली हात्ती निकुञ्जमा आक्रामक मानिन्छन् ।