प्रवास

एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोभिड–१९ को सङ्क्रमण

80 पटक पढिएको

14th Feb 2020, Friday | २०७६ फाल्गुन २, शुक्रबार ०६:१५
बेइजिङ । चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट फेब्रुअरी ११ सम्ममा कूल एक हजार ७१६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले शुक्रबार जानकारी गराएको छ ।
 
यो सङ्ख्या कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका कुल बिरामीको ३.८ प्रतिशत हो ।
 
एनएचसीका उप–निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा भने, “सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये छ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।” कोभिड–१९ बाट मृत्यु हुने स्वास्थ्यकर्मीको सङ्ख्या कुल मृतक सङ्ख्याको ०.४ प्रतिशत रहेको उनले बताए । 
 
कोभिड–१९बाट सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५०२ अर्थात् ८७.५ प्रतिशत नयाँ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी गराएको छ ।
 
हुबेईको प्रान्तीय राजधानी वुहान सहरमा सबैभन्दा धेरै एक हजार १०२ अर्थात् ७३.४ प्रतिशत स्वास्थ्यकर्मी सङ्क्रमित रहेका उप–निर्देशक चेनले बताए । सिन्हवा