मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसका कारण एक हजार १६ व्यक्तिको मृत्यु, एकैदिन १०८ मानिसको गयो ज्यान

कोरोना भाइरसका कारण एक हजार १६ व्यक्तिको मृत्यु, एकैदिन १०८ मानिसको गयो ज्यान


बेइजिङ । चीनको हुवेई प्रान्तबाट महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमणका कारण एकैदिन १०८ मानिसको ज्यान गएको छ ।
 
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म हुवेईमा एक हजार १४ जनाको मृत्यु भएको छ । कोरोनाका कारण ज्यान गुमाउनेमा चीनबाहिर हङकङमा एक र फिलिपिन्समा एक जना रहेका छन् । 
 
सिएनएनका अनुसार सोमबारसम्म कोरोना भाइरसबाट २ हजार ६१८ जना संक्रमित भएका छन् । चिनियाँ अधिकारीका अनुसार करिब चीनमा चारहजार व्यक्ति संक्रमित भएको अनुमान छ । 
 
मगलबार बिहानसम्म विश्वभर ४३ हजार ९० व्यक्तिहरु संक्रमित भएको बताइएको छ । जापानको डाइमन्ड प्रिन्सेस क्रुजमा सवार १३६ जनामा पनि कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ । 
 
कोरोनाका कारण मेनल्यान्ड चाइनामा एक हजार १४ ले ज्यान गुमाएका छन् भने विश्वव्यापिरुपमा एक हजार १६ जनाको मृत्यु भएको छ । 
 
विश्वभरबाट सहयोग 
 
यसैबीच, कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई गु्रप–७७ र राष्ट्रसंघले सहयोग गर्ने भएको छ । चीनमा देखा परिरहेको प्राणघातक संक्र्रमण कोरोना भाइरस नियन्त्रण गर्न चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूहले सहयोग गर्ने जनाएको छ । 
 
संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले गु्रप–७७ का सदस्य राष्ट्रहरुले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताएका हुन् । 
 
त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिएको छ । यसअघि संयुक्तराज्य अमेरिकाले पनि चीनलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको थियो ।
 
संयुक्त राष्ट्रसंघले चीनले हाल कोरोना भाइरसको संक्रमण रोक्न गरेका प्रयासहरुको सराहना पनि गरेको छ । हालसम्म चीनले गरेका प्रयासको सराहना गर्दै चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने जनाएको हो ।    
 
चीनले यस भाइरसको संक्रमण रोक्न हालसम्म ४० हजार सामुदायिक कार्यकर्तालाई अग्रपंक्तिमा परिचालन गरिएको जनाएको छ ।
 
चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा परिचालित भएको नागरिक मामिला अधिकारीहरुले जनाएका छन् । नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् । 
 
यस भाइरसबाट .एक हजार १६ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । भाइरसको सुरूआत भएको प्रमुख स्थानको रूपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट दुई हजार ६१८ जना संक्र्रमित भएका अधिकारीहरुले जनाएका छन् । यो संक्रमण उक्त प्रान्त बाहिर एवं अन्य देशमा समेत देखापरेका छन् । (सीएनएन र सिन्हवाको सहयोगमा)