मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

दक्षिण कोरियाको फिल्मले जित्यो ओस्कार

दक्षिण कोरियाको फिल्मले जित्यो ओस्कार


यस पटकको ओस्कार अवार्डमा दक्षिण कोरियाली फिल्म प्यारासाइटले बाजी मारेको छ । आइतवार अमेरिकाको लसएञ्जलसमा आयोजित ओस्कार घोषणा र वितरण कार्यक्रमा प्यारासाइटले उत्कृष्ट फिल्म, उत्कृष्ट अन्तराष्ट्रिय फिल्म सहित चारक्षेत्रमा ओस्कार जितेको हो । उत्कृष्ट निर्देशक विजेता पनि प्यारासाइटका लागि बोगं जुन हु भएका छन् ।
 
यो जित संगै प्यारासाइटले विदेशी भाषामा वनेको फिल्मले उत्कृष्ट फिल्मका लागि ओस्कार पाउनेमा पहिलो हुने इतिहास पनि वनाएको छ । यससंगै यस पटकको ओस्कारले विश्वकै सवैभन्दा ठुलो मनोरञ्जन उद्योग हलिउड  र ओस्कार ग्लोबल वनेको सन्देश पनि दिएको छ ।
 
 
ओस्कार थाप्न मञ्चमा पुगेका प्यारासाइटका निर्देशक लगायतले आफ्नै कोरियाली भाषामा संक्षिप्त मन्तव्य दिएका दिए । यसलाई दोभाषेले अंग्रेजीमा उल्था गरेकी थिईन ।
 
ओस्कारका लागि अर्को प्रतिस्पर्धी फिल्म १९१७ ले तीन क्षेत्रमा नतिजा आफ्नो पक्ष्ँमा पारेको छ ।
 
पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रोडक्सन हाउसले निमार्ण गरेको डकुमेन्ट्री अमेरिकन फ्याक्ट्रीले पनि ओस्कार जितेको छ । द अमेरिकी फ्याक्ट्री उत्कृष्ट डकुमन्ट्री विद्यामा ओस्कार जित्न सफल भएको हो । नेटफ्लिक्सका लागि उक्त डकुमेन्ट्री तयार गरिएको थियो ।
 
 
वेस्ट एक्टरमा भने जोकर फिल्मवाट वाकिन फिनिक्सले ओस्कार पाएका छन् । उत्कष्ट अभिनेत्री जुडीवाट रेनी ज्वेल्वेगरले हात पारिन । सहअभिनेताको ओस्कार ब्राण्ड पिटले उठाए ।
 
उत्कृष्ट एनिमेटेड फिल्मको ओस्कार टोयर स्टोरी ४ लाई गएको छ । प्रत्येक बर्ष दिइने ओस्कारको यो ९२ औं श्रृखला हो ।