मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या भएको आशंका

पूर्वसचिव कार्कीकी श्रीमतीको हत्या भएको आशंका


काठमाडौँ । नेपाल प्रहरीले पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको हत्या भएको आशंका गरेको छ । प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतका अनुसार उनको हत्या भएको आशंकामा घरको सिसीटिभी फुटेजलगायत अन्य प्रमाणको अनुसन्धान भइरहेको छ ।
 
ललितपुरको सानेपास्थित आफ्नै घरको भान्साकोठामा बिहान अचेत अवस्थामा भेटिएकी कार्कीको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो । उनको टाउकामा लागेको गम्भीर चोटका कारण निधन भएको हो । चिकित्सकका अनुसार घाँटी र हातमासमेत नीलडाम भेटिएको छ । घटनाका समयमा पूर्वसचिव कार्की ‘मर्निङवाक’मा निस्किएका थिए । 
 
सोही घरमा कामदारका रूपमा बसेका विजय चौधरी भने घरको ‘डाइनिङ’ कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानमा उनको हत्यामा स्वयं चौधरीको संलग्नता देखिएको जनाइएको छ । घटना घटाएर उनले आत्महत्या गरेको अनुमान छ तर प्रहरीले घटनाको औपचारिक जानकारी गराएको छैन ।
 
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनाको अनुसन्धान भइरहेकाले त्यसको प्रतिवेदनका आधारमा मात्रै यकिन कारण भन्न सकिने जानकारी दिए । 
 
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा कार्कीले दुवै वटा शव परीक्षणका लागि पाटन अस्पतालमा पठाइएको र सिसी क्यामेराको फुटेजलगायत अन्य प्रमाण संकलन गरेर फोरेन्सिक ल्याबमा परीक्षण भइरहेको जानकारी दिए । 
 
अनुसन्धान अधिकृतका अनुसार मुनालाई सुरुमा लछारपछार गरी लढाएर पिर्काले हानेको देखिएको छ ।