मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राजनीतिक पूर्वाग्रहका साथ सरकारअघि बढ्यो : नेता सिंह

राजनीतिक पूर्वाग्रहका साथ सरकारअघि बढ्यो : नेता सिंह


चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनीतिक रुपमा पूर्वाग्रही भएको बताएका छन् । 
 
चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल अगाडि बढाउनेलाई मुद्दा दायर गरेको बताए । 
 
उनले भने, “मन्त्रिपरिषद्को सर्वोच्च कमान्डर प्रधानमन्त्री हुन्छ, त्यहाँबाट हुने कुनै पनि निर्णयमा प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने भएकाले यसमा तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजिएको छ ।” 
 
“अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारबाट प्रभावित भयो र जग्गा हुनेलाई कारबाही गर्न डरायो” उनले भने, “तत्कालीन मन्त्रीमात्रै होइन, प्रधानमन्त्री र जग्गाधनी पनि त्यत्तिकै दोषी छन्,  उनीहरुलाई पनि कारबाही हुनुपर्ने माग काँग्रेसको छ ।” 
नेता सिंहले यसैका लागि काँग्रेसले संसद् अवरुद्ध गरेको स्पष्ट पार्दै अख्तियारले राजनीतिक आग्रहपूर्वाग्रह विना नै स्वतन्त्र रुपमा छानबिन गर्नुपर्नेमा जोड दिए । 
 
फरक प्रसङ्गमा बोल्दै उनले काँग्रेसले १४औँ महाधिवेशनका लागि तयारी सुरु गरेको बताए । महाधिवेशनको मिति तय भइसकेको अवस्थामा यसलाई स्वतन्त्र र निष्पक्ष बनाउनका लागि क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाएर अघि बढेको उनले बताए ।