मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

गैँडाकोट महोत्सवमा आस्था राउतले नचाइन् दर्शक

गैँडाकोट महोत्सवमा आस्था राउतले नचाइन् दर्शक


गैँडाकोट । नारायणी नदीकिनारमा सञ्चालित तेस्रो गैँडाकोट महोत्सवअन्तर्गत बिहीबार गायिका आस्था राउत र गायक राजन गुरुङको गीतमा दर्शकहरु छमछमी नाचे । 
 
राजन स्टेजमा चढेर साङ्गीतिक माहोल तताएका थिए । उनले बजारमा ल्याउने तयारी गरेको सालैजो भाको गीतसँगै उही खोलामा पानी उही खोलीमा माछा, आकाशैमाथिलगायतका गीत गाएर दर्शकलाई मनोरञ्जन दिलाए । 
 
राजनपछि स्टेज उक्लिएकी आस्थाले नाकैमा फुली, चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमालगायतका गीत गाएर दर्शकलाई उफारेकी थिइन् । महोत्सवको नवौँ दिनको सांस्कृतिक कार्यक्रममा आस्थाको गीतमा युवाहरु छमछमी नाचेका महोत्सवका सांस्कृतिक संयोजक नवराज कँडेलले जानकारी दिए । 
 
बिहीबार महोत्सवमा गैँडाकोट डान्स आइडलका उत्कृष्ट ६ समूहले समेत आफ्नो प्रस्तुति राखेका थिए । महोत्सवमा शुक्रबार गायक तथा मोडेल दुर्गेश थापा, कलाकार दिनेश काफ्ले, गायिका दुर्गा सापकोटा, ढाकाराम पौडेललगायतका कलाकारहरुको प्रस्तुति रहने कँडेलले बताए । 
 
माघ १५ देखि सुरू भएको महोत्सवमा बिहीबार २० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका गैँडाकोट महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक एवम् उद्योग वाणिज्य संघ गैँडाकोटका कोषाध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए ।