मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पहिलो डेमोक्र्याट प्राइमरीमा पिट बटीईजीजको अग्रता

पहिलो डेमोक्र्याट प्राइमरीमा पिट बटीईजीजको अग्रता


हिमालयखवर संवाददाता
अमेरिका- डेमोक्र्याट पार्टीको आउने राष्ट्रपति निर्वाचनमा उम्मेदवार छान्न आयोवा राज्यमा भएको आन्तरिक प्रतिस्पर्धा प्राइमरीमा पिट बटीईजीजले अग्रता पाएका छन् 
 
उक्त ककसको ८६ प्रतिशत मतगणना सार्वजनिक हुदां बटीईजीजले २६ दशमलव ७ प्रतिशत समर्थन प्राप्त गरेका छन् । दोस्रो स्थानमा बर्नी सेन्डर्स छन् । उनले २५ दशमलव ४ प्रतिशत समर्थन पाएका छन् । त्यसपछि एलिजावेथ वारेन र जो वाइडेनले समर्थन पाएका छन् ।
 
प्राविधिक समस्याका कारण डेमोक्र्याट पार्टी आयोवा प्राइमरीको रिजल्ट आउन ढिलाई भएको छ । मतदानमा प्रयोग गरिएको कम्प्यूटर प्रणालीमा समस्या आएकाले ढिलाई भएको वताईएको छ । कोलोराडोको आईटी कम्पनीले उक्त सफ्टवेयर वनाएको थियो ।
 
आयोवा पहिलो प्राइमरी हो । यहीवाट राष्ट्रपति चुनावमा उम्मेदवार छान्ने प्रकृया शुरु हुन्छ । यो आउने केही साता चलिरहन्छ । प्राइमरीमा जुन उम्मेदवारले वढी समर्थन जुटाउंछन ती नै पार्टीको आधिकारीक उम्मेदवार हुन्छन् ।
 
रिपव्लिकनको आयोवा प्राइमरीमा भने राष्ट्रपति डोनाल्ड ट्रम्पले सजिलै अग्रता हासिल गरेका छन् ।
 
साउथ बेण्ड इण्डियानामा सन् १९८२ जनवरी १९ मा जन्मिएका बटीईजीज पुर्व मेयर हुन् । विश्वकै प्रख्यात हवार्ड र अक्स्फोर्डमा पढेका उनी समलिंगी हुन् । बटीईजीजले राष्ट्रपति जितेमा उक्त पदमा पुग्ने उनी सवैभन्दा कान्छो व्यक्ति हुने छन् ।  तस्बिर: सामाजिक संजाल