मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सांसद् कोमल ओलीबाट रंगशालाको लागि ५५ हजार सहयोग घोषणा

सांसद् कोमल ओलीबाट रंगशालाको लागि ५५ हजार सहयोग घोषणा


चितवन । भरतपुरको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा राष्ट्रियसभा उपाध्यक्ष एवम् सदस्यहरुले सहयोग गरेका छन् ।
 
महोत्सव परिसरमा उपस्थित राष्ट्रियसभा उपाध्यक्ष तथा सदस्यहरुले रंगशाला निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथिको रुपमा उपस्थित राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले रंगशाला निर्माणका लागि ५० बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेकी छिन् ।
 
दाहालले रंगशाला देशकै शान र गहना भएकोले सबैलाई सहयोग गर्न आग्रह पनि गरिन् । यस्तै उनले रंगशाला निर्माण सहयोग लागि आफ्नो प्रदेश र जिल्लालाई आह्वान् गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । 
 
यस्तै, राष्ट्रियसभा सदस्य तथा चर्चित लोकदोहोरी गायिका कोमल ओलीले रंगशाला निर्माणका लागि ५५ हजार ५५५ सहयोग गर्ने घोषणा गरेकी छिन् । सहयोग रकम घोषणा गर्दै ओलीले यो अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरिन् । 
 
उनले रंगशाला निर्माणका धनधान्याचल आयोजना गर्न चितवनवासी एक भएकोमा खुशी व्यक्त गरिन् । ओली प्रदेश ५ को प्रतिनिधित्व गर्दै राष्ट्रियसभाको सदस्य रहेकी छिन् ।
 
यस्तै सुदूरर्पिश्चम प्रदेशलाई प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्यकी अर्की सदस्य इन्दु कडरियाले पनि निर्माणाधीन रंगशालाका लागि ५५ हजार ५५५ रुपैया घोषणा गरेकी छिन् । यो अभियानमा सबैलाई हौसला दिनका लागि भन्दै उनले उक्त रकम घोषणा गरेकी हुन् । उनले थोपा थोपा मिलेर सागर बन्ने भन्दै सबैलाई जतिसक्दो सहयोग गर्न अपिलसमेत गरिन् ।
 
कार्यक्रमकी अध्यक्ष राष्ट्रियसभा सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावलले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग घोषणा गरेकी छिन् । रावलले यो अभियान सफल बनाउन महिलाले भौतिक उपस्थितिसँगै आर्थिक रुपमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न आफूले सहयोग घोषणा गरेको बताइन् । 
 
नेपालमा धेरै सहयोगी मनहरु भएकोले यसले सबैमा सहयोगको भावना आउने उनको विश्वास रहेको छ ।
 
मंगलबार बिहान नेपाल महिला संघ चितवनले धनधान्याचल महोत्सवमार्फत रंगशाला निर्माणका लागि रु १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संघकी अध्यक्षसमेत रहेकी भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले उक्त रकम घोषणा गरेकी हुन् । 
सहयोग घोषणा गर्दै शाहले सबैलाई यो अभियान सफल बनाउन एकजुट हुन आग्रह गरिन् । रंगशाला निर्माण अभियान सम्पूर्ण नेपालीको साझा अभियान भएको उनको भनाइ थियो । उनले धनधान्याचल सफल बनाउन महिलाहरुको भूमिका महत्वपूर्ण हुने बताइन् । सो अवसरमा गायिका सरिता गुरुङ श्रेष्ठले पनि २५ हजार रुपैयाँ सहयोग घोषणा गरेकी छिन् ।  
 
यसबाहेक आज अन्य विभिन्न संघसंस्थाहरुबाट समेत आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड रकम संकलन हुने अनुमान गरिएको छ ।