मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधनमा नेजाद्वारा शोक व्यक्त

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको निधनमा नेजाद्वारा शोक व्यक्त


अमेरिका । नेपाल पत्रकार महासंघ बाँकेका पूर्वसभापति प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको असामयिक निधनप्रति नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गहिरो दुःख व्यक्त गरेको छ । 
 
नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपाने र महासचिव किरण मरहठ्ठाले शोक विज्ञप्ति प्रकाशित गर्दै नेपाली पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका गुप्ताको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको जनाएका छन् ।
 
लामो समयदेखि प्रदेश ५ को नेपालगञ्ज सहरबाट किरण साप्ताहिक प्रकाशन तथा सम्पादन गर्दै आएका थिए । नेपाल पत्रकार महासंघद्वारा २०६० सालमा प्रेस स्वतन्त्रता सेनानी सम्मान प्राप्त गरेका गुप्ताको ४ छोरा र ३ छोरी छन् । पत्रकार गुप्ताको ९२ वर्षको उमेरमा निधन भएको हो ।
 
पत्रकारिता क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल स्व. गुप्ताप्रति नेपाल अमेरिका पत्रकार संघले हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।