मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतको बजेटमा नेपाललाई दिने सहयोग रकम घट्यो

भारतको बजेटमा नेपाललाई दिने सहयोग रकम घट्यो


अमेरिका – भारतले नेपाललाई यो बर्षका लागि ८ सय करोड भारतीय रुपैंया बरावरको सहयोग दिने घोषणा गरेको छ ।
 
शुक्रवार सार्वजनिक भारतको बजेटमा उक्त सहयोग प्रस्तावित गरिएको हो । यो सहयोग अघिल्लो बर्षको तुलनामा ४ सय करोड भारुले कम छ ।
 
भारतले बजेटमा आउने आर्थिक बर्षका लागि विभिन्न देशलाई बैदेशिक सहयोग मार्फत ५८६४ करोड भारु बरावरको सहयोेग गर्ने घोषणा गरेको छ । यस मध्ये सवैभन्दा वढी प्राप्त गर्ने देशमा भुटान छ । भारतसंग जोडिएको सानो देश भुटानका लागि भारतले २८८५ करोड भारु सहयोग गर्ने भएको छ ।  चीनको प्रभावलाई रोक्ने भारतले यस्तो सहयोग गर्दै आएको छ ।
 
 
आउने आर्थिक बर्ष भारतीय सहयोग ४ सय करोड भारुले घट्नुमा अघिल्लो बर्ष नेपाललाई प्रदान गरिएको सहयोग उपयोग नहुने मुख्य कारण रहेको वताईएको छ । अघिल्लो बर्ष भारतले नेपाललाई १२ सय करोड भारु सहयोग गर्ने घोषणा गरेको थियो । तर, यो रकम पुरा खर्च भएको छैन ।
 
भारतको बजेट मार्फत सहयोग प्राप्त गर्ने देशमा अफगानिस्तान ४ सय करोड, म्यान्मार ३ सय करोड, श्रीलंका २०० करोड सिसेल्स ९० करोड, बंगलादेश ५० करोड भारु छन् ।