मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरस आइतवार सांझ देखि चीनवाट आउने विदेशलाई प्रवेश निषेध गरिने

कोरोना भाइरस आइतवार सांझ देखि चीनवाट आउने विदेशलाई प्रवेश निषेध गरिने


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाले कोरोना भाइरस प्रकोपका कारण चीनवाट आउने विदेशीलाई पुर्वी समय अनुसार आइतवार पांच बजेपछि प्रवेश नदिने घोषणा गरेको छ ।
 
पछिल्लो दुई साता यता चीन वसेर आउने विदेशलाई अमेरिका प्रवेशमा रोक लगाईएको अमेरिकाका हेल्थ एण्ड ह्यूमन सर्भिसेज सचिव एलेकस अजरले शुक्रवार घोषणा गरेका हुन् ।
 
हालै देखापरेको नोवल कोरोना भाईरसको संक्रमण अमेरिकामा फैलिन सक्ने त्रासका कारण सुरक्षात्मक उपायका लागि अस्थायी रुपमा यस्तो कदम चालिएको सचिव अजरले वताएका छन् ।
 
चीनको वुहान क्षेत्रवाट आउने अमेरिकी नागरिकलाई पनि दुई साता अनिवार्य निरिक्षणमा वस्नुपर्ने भएको छ ।
 
चीनवाट फैलिएको कोरोना भाइरसले महामारीको रुप लिदैं गएको हुदां अमेरिकाले यस्तो नीति लिएको हो । अमेरिकाले शुक्रवारनै कोरोना भाइरस सार्वजनिक स्वास्थ्य आपतकाल पनि घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनले विहिवार नै आपतकाल घोषणा गरेको थियो ।
 
कोरोना भाइरसले १० हजार भन्दा वढी प्रभावित भएका छन् । जस मध्ये ९ हजार भन्दा वढी चीनमा प्रभावित भएका हुन । यो संख्या प्रत्येक दिन वृद्धि भईरहेको छ । संक्रमित मध्ये २ सय १३ जनाको मृत्यु भएको छ । अमेरिकामा पनि ६ जनामा यस्तो भाईरस पाइएको छ ।
 
कोरोना भाइरसका कारण अमेरिकाको शेयर बजार पनि प्रभावित भएको छ । शुक्रवार शेयर बजार परिसुचक ६ सय अंकले तल झरेको छ । केही महिना देखि लगातार बृद्धि भईरहेको शेयर बजारमा बे्रक लाग्दै शुक्रवार उच्च गिरावट आएको हो । कोरोना भाइरसले अमेरिकी अर्थतन्त्रमा समेत असर पर्ने विश्लेषण सार्वजनिक भएको छ । तस्बिर सामाजिक संजाल