मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देव हस्पिटल प्रालि नयाँ व्यवस्थापनमा सञ्चालन

देव हस्पिटल प्रालि नयाँ व्यवस्थापनमा सञ्चालन


चितवन । चितवनको भरतपुर–१०, अस्पताल रोडमा नयाँ व्यवस्थापनका साथ देव हस्पिटल प्रालि सञ्चालनमा आएको छ । 
 
विशेषज्ञ सेवासहितको उपचार सुरू गरिएको अस्पतालका अध्यक्ष प्रवीण रानाभाटले बताए । २५ शय्याको सो अस्पतालमा सम्पूर्ण अप्रेसनहरु दूरबिनको प्रयोगबाट मात्र गरिने बताइएको छ ।
 
अस्पतालहरुका बीचमा थप एउटा अस्पतालको रुपमा मात्रै नआएको भन्दै उनले भने, ‘गुणस्तरीय सेवा र विशेषज्ञ सेवाबाट फरक पहिचान बनाउने हाम्रो लक्ष्य छ ।’ 
 
देव अस्पतालमा हाडजोर्नी, नसा तथा जोर्नी प्रत्यारोपण, पेट, छाती तथा मुटुरोग, सुगर, प्रेसर, थाइराइड तथा बाथरोग सेवा उपलब्ध रहेको छ । 
 
त्यस्तैगरी, ल्याप्रोस्कोपी तथा जनरल सर्जरी, छाला, यौन तथा कुष्ठरोग, स्त्री तथा प्रसूति रोगको समेत विशेषज्ञहरुद्वारा उपचार हुने अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. कविन न्यौपानेले जानकारी दिए ।
 
सो अस्पतालमा बालरोग, रेडियोलोजी सेवा, दन्तरोग, एनेस्थेसियाको समेत सुविधा रहेको छ । 
 
अस्पतालका सञ्चालक मञ्जु सिंखडाले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेरसमेत काम गरिने बताइन् । 
 
पत्रकार सम्मेलन गरी अस्पतालले आफ्नो सेवाबारे जानकारी दिएको हो । कार्यक्रममा अस्पतालका सञ्चालक रमेश न्यौपाने, विष्णु कमली, ल्याब टेक्नोलोजिस्ट हरि अधिकारीलगायतको उपस्थिति थियो ।